बेलडाँडी,
सुदूरपश्चिमबाट महिला पहिलो मन्त्री बनेर इतिहास रच्न सफल भएकी खानेपानी तथा सरसफाइ मन्त्री विना मगर भोली बेलडाँडी आउने कार्यक्रम रहेको छ । बेलडाँडी गाउँपालिकाको नवर्निमित भवनको उदघाटन गर्न खानेपानी मन्त्री मगर बेलडाँडी आउने कार्यक्रम रहेको बेलडाँडी गाउँपालिकाले जनाएको छ ।

झण्डै एक शताब्दी अर्थात् १०४ वर्षे जहाँनिया राणाशासन अन्त्यपछि वि.सं. २००७ सालमा मुलुकमा प्रजातन्त्र आयो । प्रजातन्त्रकै उपज वि.सं. २०१५ सालमा प्रथम बहुदलिय आम निर्वाचित भयो । कांग्रेसले दुई तिहाई बहुमत ल्याएर नेपालमा पहिलो जननिर्वाचित विपी कोइराला नेतृत्वको सरकारमा सुदूरपश्चिमबाट द्वारिकादेवी ठकुरानी पहिलो महिला सहायक मन्त्री भइन् । सुदुरपश्चिमबाट पहिलो सहायक मन्त्री बनेकी ठकुरानी स्वाथ्य सहायक मन्त्री मात्रै बनिन् ।
वर्तमान प्रधानमन्त्री केपी ओली नेतृत्वको संघीय सरकारमा सुदूरपश्चिमबाट खानेपानी तथा सरसफाई मन्त्री बनेकी विना मगर पहिलो महिला मन्त्री बनेकी हुन् । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट दोब्बर भारीमतले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी थिइन ।
तत्तकालिन राजा महेन्द्र शाहले वि.सं. २०१९ सालमा निर्दलीय पञ्चायती संविधान जारी गर्दै राजनीतिक दल उपर प्रतिवन्ध लगाएका थिए । ०१९ सालदेखि २०४६ सालसम्मको पञ्चायतकालिन समयमा सुदूरबाट कुनैपनि महिला मन्त्री बनेनन् । प्रजातन्त्रको पुर्नबहालिका लागि २०४६ सालमा गरिएको जनआन्दोलनपछि बनेका सरकारमासमेत सुदूरबाट कुनैपनि महिला मन्त्री बनेन् ।
व्यवस्था परिर्वतनका लागि वि.सं. २०५२ सालदेखि तत्तकालिन नेकपा माओवादीले गरेको जनयुद्ध र राजा ज्ञानेन्द्र शाहले २०६१ साल माघ १९ गतेको शाही कदम पछि २०६२/०६३ दोस्रो जनआन्दोलन भयो । दोस्रो जनआन्दोलन पछिका सरकारमा सुदूरबाट महिला केन्द्रीय सरकारको मन्त्रीकारुपमा प्रतिनिधित्व गर्न पाए पनि तर फुल मन्त्री बनेका थिएनन् । राज्य तथा सहायक मन्त्रीमै सिमित रहे । दोस्रो जनआन्दोलन अघि र पहिलो संविधान सभा २०७० पछि कैलालीबाट दुई महिला राज्यमन्त्री बने । एमालेबाट शुशिला स्वाँर र माओवादीबाट लिला भण्डारी राज्य मन्त्री बनेका थिए ।
वि.सं. २०५६ सालमा कैलाली निर्वाचन क्षेत्र नम्बर १ निर्वाचितस्वाँर स्वास्थ्य राज्यमन्त्री बनिन् भने ०७० मा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट निर्वाचित भण्डारी शिक्षा राज्यमन्त्री बनिन् । सुदूरपश्चिमबाट फुलमन्त्री बनेर मन्त्री विना मगर इतिहास रच्ने पहिलो महिला मन्त्री बनेकी हुन । कोरोना भाइरसका कारण बेलडाँडी नआउन पाएकी मन्त्री मगरको बेलडाँडीमा भब्य स्वागत हुने भएको छ । स्थानीय विकासका लागि विभिन्न माग समेत गर्ने बेलडाँडी गाउँपालिकाको तयारी रहेको छ ।
