Friday, August 19, 2022
गृहपृष्ठजिवनशैलीमहिला हिंसा विरुद्ध बेलडाँडीका सबै वडामा अन्तरक्रिया कार्यक्रम

महिला हिंसा विरुद्ध बेलडाँडीका सबै वडामा अन्तरक्रिया कार्यक्रम

बेलडाँडी,

प्रत्येक वर्ष २५ नोभेम्बर देखि १० डिसेम्बर सम्म मनाईने लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान यस वर्ष पनि विभिन्न कार्यक्रम आयोजना गरी अन्तराष्ट्रियरुपमा मनाउने कार्य जारी रहेको छ । नेपालमा पनि लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा लैंगिक हिंसा अन्त्यको प्रतिवद्धता, व्यक्ति, समाज र सबैको ऐक्यवद्धता भन्ने मुलनाराका साथ मनाइदै छ । पुरुष तथा महिला बीचमा हुने असमानताको खाडल पुरेर महिलाको जीवनस्तर उकास्ने लक्ष्य अनुरुप अभियान चलाइदै आएको हो ।

कञ्चनपुरको बेलडाँडी गाउँपालिकाले समेत लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा सबै वडामा जनचेतनामुलक अभिमुखीकरण कार्यक्रम गरिरहेको बेलडाँडी गाउँपालिका महिला तथा बालबालिका शाखाकी संयोजक शारदा पनेरुले बताउनु भयो । उहाँका अनुसार लैंगिक हिंसा विरुद्धको गाउँपालिका स्तरिय समन्वय समितिको बैठकले केहि वडामा अन्तरकृया र केहि वडामा सडक नाटक गर्ने भने पनि सडक नाटक विविध कारण बस गर्न नसकिएपछि सबै वडामा अन्तरकृया कार्यक्रम गरी चेतानाको विकास गर्न लागेको जनाउनु भयो ।

महिला तथा बालबालिका माथि हुने हिंसा विरुद्ध अभियान सञ्चालन, बाल विवाह न्यूनीकरण, मानव बेचविखन तथा ओसारपसार विरुद्ध तथा अन्धविश्वास, कुरीति, कुप्रथाका नाममा हुने हिंसा सम्बन्धी जनचेतना मुलक अभिमुखीकरण गरिएको थियो ।
र्
बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष कमला देवी कार्कीले भने घरेलु हिंसा, मानव बेचविखन तथा ओसारपसार, कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार, एसिड आक्रमणका साथै बलात्कार जस्ता जघन्य हिंसा निर्मुल गर्न सबै पक्षले सक्रिय हुनुपर्नेमा जोड दिए ।

सबै वडाका कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु, प्रहरी, बेलडाँडीका प्रतिनिधि, कर्मचारी, समाजसेवी, बुद्धिजिवी तथा सरोकारवाला स्थानीय नागरिकहरुको समेत सहभागिता रहेको महिला तथा बालबालिका शाखाकी संयोजक शारदा पनेरुले जानकारी गराउनु भयो । कार्यक्रममा स्थानीयहरुले कुरीति, पछौटेपन, अशिक्षा, अन्धविश्वास र कतिपय हानिकारक अभ्यासहरुका कारण समाजमा देखिने लैंगिक हिंसाको पूर्ण रुपमा अन्त्य गर्न सबैजना लाग्नुपर्नेमा जोड दिए ।

ताजा समाचार