Monday, December 5, 2022
गृहपृष्ठमुख्य समाचारकञ्चनप सामुदायिक विकास केन्द्रको पाचौं वार्षिक साधारण सभा समपन्न

कञ्चनप सामुदायिक विकास केन्द्रको पाचौं वार्षिक साधारण सभा समपन्न

बेलडाँडी,
जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिमा रहेको मुनाफा रहित संस्था कञ्चन सामुदायिक विकास केन्द्रको पाचौं वार्षिक साधारण सभा समपन्न भएको छ ।
मंगलवार एक कार्यक्रमका विच सामुदायले आफ्नो साधारण सभा समपन्न गरेको हो ।
२०६८ साल देखि संगठित भएको यो संस्था २०७१ मा दर्ता भई स्थानीय सुशासन सवलिकरण कार्य गर्दै आएको छ । यस संस्थामा आदिवासी जनजाति, अल्पसंख्यक, पछाडीपारिएका, सिमान्तकृत लगायत समुदायको प्रतिनिधित्व हुने गरी यो संस्था दर्ता भएको विकास केन्द्रकी सहजकर्ता गिता रानाक्षेत्रीले जानकारी गराउनु भयो । उहाँका अनुसार यस संस्थाले आफ्नो छोटो समयमा समुदायका यी नागरिकहरुको जिवन माथी उकास्नको लागि विभिन्न क्रियाकलाप गरेको जनाउनु भयो ।

बेलडाँडी गाउँपालिकाको सभाहलमा विकास केन्द्रकी अध्यक्ष सरिता कुमारी बोगटीको सभापतित्वमा संलाचन भएको कार्यक्रममा प्रदेश सदस्य तथा सुदुरपश्चिम प्रदेश नेकपा संसदीय दल प्रमुख सचेतक तारालामा तामातामाङ हरनु भएको थियो भने विशिष्टि अतिथि गापा अध्यक्ष धन बहादुर थापा क्षेत्री, उपाध्यक्ष कमला कार्की र अतिथिमा वडाअध्यक्ष, इलाका प्रमुख, विभिन्न शाखाका प्रमुख रहनु भएको कार्यक्रमको संचालन केन्द्रकी सहजकर्ता राना क्षेत्रीले गर्नुभएको थियो । संस्थाको प्रगती प्रतिवेदन संस्थाका टेक बहादुर सुनारले राख्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि लामाले भने छोटो समयमा यस संस्थाले गरेको प्रगति देख्दा खुसी व्यक्त गर्दै यस संस्थालाई सहकारी तिर मर्ज गर्न सुझाव दिनु भयो । उनले भने साधारण सभामा विशेष गरेर संस्थाको उन्तीमा हुने कार्यको गहन छलफल बाट सुद्धिढ गर्दै अगाडी बढ्न सुझाव दिदै प्रदेश सरकारले गर्नुपर्ने सहयोगको लागि आफु तत्पर रहेको बताउनु भयो । यस्तै
यस्तै बेलडाँडी गाउँपालिकाका प्रमुख थापाले भने यस संस्थाले आफुहरु संगको सहकार्यमा धेरै काम गरेको बताउदै आफु पदमा रहे या नरहे राम्रो कामको लागि यो संस्थालाई सहयोग गर्ने बताउनु भयो ।

कार्यक्रमलाई समापन गर्दै संस्थाकी अध्यक्ष रोकाया बोगटीले आफुहरुले गरेको कार्यको उचित मुल्याङ भएको प्रति धन्यवाद दिदै यस संस्थालाई प्रगतिको बाटोमा डोर्याउन सहयोग गर्ने सहकर्मी समाजलाई विषेश धन्यवाद दिनु भयो । आफ्नो संस्था मुनाफा रहित भएको बताउदै समाज समुदाय विकासको निम्ती सबै संग हातेमालो गरेर अगाडी बढ्ने बताउ भयो । सहकर्मी समाजको सहयोगले आफुहरुका आखाँ खुलेको बताउदै आगामी दिनमा समेत यस्तै सहयोगको अपेक्षा समेत गर्नु भयो ।

ताजा समाचार