Saturday, December 3, 2022
गृहपृष्ठमुख्य समाचारमहिला नेत्री नाथद्धारा विभिन्न माग राख्दै गाउँपालिकालाई सात दिने अल्टीमेटम

महिला नेत्री नाथद्धारा विभिन्न माग राख्दै गाउँपालिकालाई सात दिने अल्टीमेटम

बेलडाँडी,
जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकालाई विभिन्न माग राख्दै बेलडाँडीकी महिला नेत्री शान्ती नाथले सात दिने अल्टीमेटम दिएको छ ।
गाउँपालिकामा जनप्रतिनिधी आए यता देखि गाउँपालिकाले एक पटक पनि सार्वजनिक सुनुवाइ नगरेको, सार्वजनिक लेखापरिक्षण नगरेको, बस पार्क निर्माणको ठेक्का भएको कार्यान्यन, विधुत सवस्टेशन बेलडाँडीमा स्थापना जस्ता माग राख्दै महिला नेत्री नाथले सात दिने अल्टीमेटम दिएको हो ।
गाउँपालिका अध्यक्ष धन बहादुर थापाक्षेत्रीलाई मागपत्र बुझाउदै नाथ जनताको पक्षमा स्थानीय सरकारले काम गर्नुपर्ने माग अघि सारेका हुन । नाथका अनुसार स्थानीय निकायमा जनप्रतिनिधी आए यता जनताको पक्षमा कुनै राम्रो काम नभएको भन्दै जनताको पक्षमा काम गर्न स्थानीय सरकारलाई आग्रह गरे । आफुले गरेका कुनै पनि कार्य यो सरकारले नगरेको भन्दै जनमुखी हुन अनुरोध गरे । आफुले गरेका माग सुनुवाई नभएको गाउँपालिकामा तालाबन्दी समेत गर्ने चेतावनी दिए ।

माग पत्र बुझदै गाउँपालिका अध्यक्ष धन बहादुर थापाक्षेत्रीले भने आफ्नो कमिटिमा यस विषमा छलफल गर्ने र जनताको पक्षमा आफु सधै रहेको र रहिरहने बताउनु भयो । जनताले दिएको म्यान्डेट आफुले पुरागर्ने जनाउनु भयो । स्थानीय विकास देखि लिएर आफ्नो पालामा ठुलाठुला काम भएको दावी गर्दै सरकारले गर्न सक्ने सबै काम गरेरै छोड्ने जनाए ।

ताजा समाचार