Friday, August 19, 2022
गृहपृष्ठजिवनशैलीवडा प्रहरी कार्यालय महेन्द्रनगर नजिकै युवक संस्कापद मृत फेला

वडा प्रहरी कार्यालय महेन्द्रनगर नजिकै युवक संस्कापद मृत फेला

वडा प्रहरी कार्यालय महेन्द्रनगर नजिकै एक युवक शकास्पद अवस्थामा मृत भेटिएका छन । बेदकोट नगरपालिका ४ बगुनका २४ बर्षिया कमल दमाई भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बजारमा नेपाल टेलिकमको तारमा घाँटी बेरिएको अवस्थामा युवक मृत फेला परेका हुन् । प्रहरी कार्यालयदेखि पुर्वतिर करिब सय मिटर दुरीमा युवकको संस्कापद मृत्यु हुँदा समेत वडा प्रहरी कार्यालयप्रति नागरिक प्रशन गरिरहेका छन । २४सै घण्टा डिउटीमा खटिने वडा प्रहरीले घटना नदेखेको विषयमा स्थानीय शशकित भएका छन ।

 

चार पाँच पटक घाँटीमा तार बेरिएकाले प्रहरीले घटना संस्कापद हुनसक्ने भन्दै अनुसन्धानका लागि कुकुरबाट घटना स्थल परिक्षण गराउनका लागि तालिम प्राप्त कुकुर ल्याएको छ । मृतको घर परिवारजनले गत असोजमा कामका लागि स्याङजा जान्छु भन्दै गएका कमलको हत्या भएको आशंका परेका छन । परिवारले घटनाको सत्यतथ्य छानबिन गरि दोषि उपर कार्बाहीको माग अघि सारेका छन । कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले घटना बिहीबार राती नै भएको हुनसक्ने बताए । उनले मृतकको पहिचान भएकाले कुकुर मार्फत परीक्षण गरिने बताए । घटना बारे अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय नजिकै जिल्लाको मुटुमा रहेका बजारमा यसरी नागरिक असुरक्षित भएको भन्दै स्थानीयले वडा प्रहरी कार्यालयप्रति अविश्वास व्यक्त गरिरहेका छन ।

ताजा समाचार