Monday, December 5, 2022
गृहपृष्ठसमाचारठुला आयोजनाको अनुगमन

ठुला आयोजनाको अनुगमन

कञ्चनपुरका संचालित ठुला आयोजनाको राष्ट्रिय योजना आयोगका पदाधिकारी एव सिँचाई मन्त्रालयका उच्च पदस्थ कर्मचारीको टोलीले अनुगमन गरिएको छ । बिहीबार राष्ट्रिय आयोजनाका सदस्य कृष्ण प्रशाद ओली, उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिव मधुसुधन अधिकारी, अर्थमन्त्रालयका सहसचिव धनीराम शर्मा, सिँचाई विभागका महानिर्देशक मधुकर प्रशादराज भण्डारी , प्रधानमन्त्री कार्यालयका विकास विज्ञ गजेन्द्र थपलियाको टोलीले कञ्चनपुरमा संचालित ठुला आयोजनाको स्थलगत अनुगमन गरेको हो ।

महाकाली तेस्रो चरण आयोजनाका निमित्त निर्देशक रण बहादुर बमले निर्माणधिन तेस्रो चरण, महाकाली पुल तटबन्धको स्थलगत अनुगमन गरिएको बताए । उनका अनुसार अनुगमन पश्चात महाकाली तेस्रो चरणको काम तिव्र रुपमा अघि बढाउनका लागि सहयोगको प्रतिबद्धता जाहेर गरेका छन । महाकाली सिँचाई आयोजना राष्ट्रिय गौरबको आयोजनामा परिणत भएसगै दुत रुपमा अघि बढ्ने अपेक्षा गरिएको छ ।

ताजा समाचार