Monday, August 8, 2022
गृहपृष्ठआर्थिककञ्चनपुरमा सात क्रसर उद्योग अवैध

कञ्चनपुरमा सात क्रसर उद्योग अवैध

कञ्चनपुर, ११ मंसिर

कञ्चनपुरमा दुई क्रसर उद्योग बाहेक अन्य सबै क्रसर उद्योग अवैध, मापदण्ड विपरित संचालनमा रहेको पाईएको छ । गृह मन्त्रालयले देशभरीका क्रसर उद्योगको अनुगमन गर्न सम्बन्धीत प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए अनुरुप कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतो नेतृत्वको अनुगमन टोलीले दुई उद्योग बाहेक अन्य सबै क्रसर उद्योग अवैध र गैर कानुनी तरिकाले मापदण्ड मिचेर संचालनमा रहेको तथ्य पाएको हो । कञ्चनपुरका प्रमुख जिल्ला अधकिारी महतोले जिल्लामा संचालनमा रहेका अस्थायी, स्थायी गरि ११ क्रसर उद्योगको जिल्ला स्थित सयुक्त टोलीले स्थलगत अनुगमन गरेको बताए । गत सोमबारदेखि सबै क्रसर उद्योगको स्थलगत अनुगमन गरेर जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले गृह मन्त्रालयमा प्रतिवेदन पठाएको छ ।

अवैध वैध, मापदण्ड, वर्तमान स्थिति बारे अनुगमन गरेर सबै क्रसर उद्योगको प्रतिवदेन गृह मन्त्रालयमा पठाईएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी महतोले बताए । प्रजिअ महतोले गैर कानुनी रुपमा संचालनमा रहेका उद्योगलाई यथाशिघ्र बन्द गर्न निर्देशन दिएको बताए । ‘दुई उद्योगले मात्रै कानुन अनुरुप, आवश्यक सबै प्रमाण मापदण्ड पुरा गरि संचालनमा रहेको पाईयो, ‘कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी महतोले भने, ‘बाँकी ९ उद्योग बिना इजाजत र मापदण्ड विपरित संचालित रहेछन ।’ प्रजिअ महतोले बेदकोट नगरपालिका ९ सुन्दपुरको सिद्धनाथ अनमोल क्रसर उद्योग र बेदकोट नगरपालिका ८ भाँसीको जोशी क्रसर उद्योग बाहेक अन्य सबै क्रसर उद्योग गैर कानुनी र मापदण्ड विपरित संचालनमा रहेको बताए ।

उनका अनुसार आकाँक्षा कृष्णपुर नगरको नेचुरल गिट्टी सप्लायर्स र बेदकोट नगरको बेदकोट निर्माण समाग्री प्रशोधन केन्द्रले बिना इजाजत बालुवा भनेर मेसिनै खडा गरेर गिट्टी उत्पादन गरेकाले बन्द गर्न निर्देशन दिएको छ । ‘आकाँक्षा नेचुरल गिट्टी सप्लायर्सलाई तत्तकाल मेसिन हटाउन निर्देशन दिएका छौँ, ‘उनले भने, ‘बेदकोट निर्माण समाग्री प्रशोधन केन्द्रलाई यथाशिघ्र बन्द गर्न निर्देशन दिएका छौँ ।’ वालुवा भनेर मेसिनै राखेर गिट्टी समेत उत्पादन गर्दा उनीहरु दुवै उद्योग अवैध भएको अनुगमन समितिले निष्कर्ष निकालेको हो । प्रजिअ महतोले सात आयोजनाका लागि खोलिएका अस्थायी क्रसर उद्योगीलाई सम्बन्धीत पालिका र आयोजना कार्यालयबाट अनुमतिका साथै वातावरणी प्रभाव मुल्याङकन प्रतिवेदन पेस गर्न निर्देशन दिएको बताए ।

प्रजिअ महतोका अनुसार सन्तोषी थेगिम, महाकाली गौरब विल्र्डस, सुविता एण्ड सुविस कस्ष्ट्रक्सन, कुमार सिफआईसी जेभी, राजेन्द्र निर्माण सेवा, बाबाहंस सिद्धिकी, राजेन्द्र लुम्बिनी निर्माण सेवालाई आवश्यक कागजत पेश गर्न निर्देशन दिईएको छ । ‘आयोजनाको हकमा पनि यथाशिघ्र आवश्यक प्रमाण पेश गर्न भनेका छौँ, ‘प्रजिअ महतोले भने, ‘तोकिएको अवधिमा मागे अनुरुप प्रमाण पेश नगरे बन्द गराँछौँ ।’ अवैध, गैर कानुनी र मापदण्ड पुरा नगरेका क्रसर उद्योग बन्द गराई छाड्ने प्रजिअ महतोले बताए । अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारी नेतृत्वमा सुरक्षा निकायका प्रमुख, घरेलु, वन लगायतका कार्यालयका प्रतिनिधी थिए ।

ताजा समाचार