Tuesday, August 16, 2022
गृहपृष्ठसमाचारजनताको चाहना अनुरुप स्प्रीडमा काम भईरहेको छ : खानेपानी मन्त्री बिना मगर

जनताको चाहना अनुरुप स्प्रीडमा काम भईरहेको छ : खानेपानी मन्त्री बिना मगर

लाल ब. एसके

संघीय खानेपानी मन्त्री बिना मगरले अधुरा योजना पुरा गर्ने बताएकी छिन । बुधबार गृहनगर पुगेकी खानेपानी मन्त्री पुनर्वास नगरपालिकाले आयोजना गरेको लैङ्गिक हिंसा विरुद्धको अभियानको उद्घान कार्यक्रममा बोल्दै मन्त्री मगरले कञ्चनपुरका अधुरा योजना पुरा गर्ने बताएकी हुन् । ‘कञ्चनपुर क्षेत्र नम्बर १का अधुरा योजना स्थानीय , प्रदेश र सघीय सरकार मिलेर गर्नुपर्छ, ‘उनले भने, ‘हामीले चुनावका बेला जनतासंग गरेका बाचा पुरा गर्नुपर्छ ।’ मन्त्री मगरले एकिकृत दिगो विकास र सम्बृद्धिका लागि आफुले परेका पहल कार्यान्वयन भईरहेको भन्दै उनले केही अधुरा योजनालाई समेथ प्राथमिकतामा राखेर अघि बढाउने बताईन् ।

 

जनतासंग गरेका प्रतिबद्धता र बाचा अनुरुप खानेपानी मन्त्रालय र आफुले निर्वाचन क्षेत्र नम्बर १का तर्फबाट गरिरहेको बताउदै उनले जनताको विश्वास अझै बलियो बनाईराख्ने बताईन् । खानेपानी मन्त्री मगरले कम्यूनिष्ट सरकारको विकास देखेर केही प्रतिकृयावादी समुह आत्तिएको बताउदै उनले विकासमा अनावश्यक राजनीतिक गर्न नहुने बताईन् । सरकारले जन अपेक्षा अनुरुप कामको स्प्रीड अघि बढाएको बताउदै मन्त्री मगरले सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँचमा पु¥याउने लक्ष्य रहेको बताईन् । मन्त्री मगरले लैङ्गिक भेदभाव अन्त्य गर्दै समुन्नत समाज निर्माणका लागि समाजका सबै तह तप्का जुट्नुको विकल्प नभएको बताए । कोडिभका कारण लामो समयपछि गृहनगर निर्वाचन क्षेत्र पुगेकी खानेपानी मन्त्रीले बुधबारदेखि निर्वाचन क्षेत्रका योजना, जनतासंग भेटघाट, छलफल, नेता कार्यकर्तासंग छलफल एव क्षेत्रको विकास निर्माणको समिक्षा गर्दै भावि योजना बनाईने मन्त्रीका स्वकीय सचिव दिपक तिमलसिनाले बताए । उनका अनुसार मन्त्री मगरले निर्वाचन क्षेत्रका पुनर्वास, बेलौरी, लालझाडी र बेलडाँडी सबै पालिकामा छलफल, भेटघाट एव अनुगमन गर्ने कार्यक्रम रहेको छ ।

ताजा समाचार