Tuesday, September 27, 2022
गृहपृष्ठराष्ट्रिय समाचारदैजी बेलडाँडी सडक खण्डमा युवाहरुले ढुवानी साधन चल्न ठप्प गरेपछि, निर्माण कम्पनीले...

दैजी बेलडाँडी सडक खण्डमा युवाहरुले ढुवानी साधन चल्न ठप्प गरेपछि, निर्माण कम्पनीले आजै देखि पानी छर्किने

बेलडाँडी,
दैजी बेलडाँडी हुलाकी सडक खण्डमा ढुवानी साधनका कारण थुप्रै धुलो उड्न थालेपछि बेलडाँडीका अगुवा युवाहरुले ढुवानी साधन चल्न बन्द गरेपछि निर्माण कम्पनीले धुलो उड्न न्युनिकरण गर्न आजकै मितिबाट पानी छर्किने जनाएको छ ।
आज विहिवार युवाहरुले पानी छर्किने माग गर्दै ढुवानीका साधन बन्द गरेपछि निर्माण कम्पनीले आजकै मिति देखि पानी छड्कीने बचन दिएको छ ।

शर्मा राजेन्द्र जेभी निर्माण कम्पनीका साइड इन्चार्ज केशव भट्टले फोन मार्फत बेलडाँडीका अगुवा युवा चेत शाहलाई अहिले देखिनै कम्पनीको तर्फबाट सडकमा पानी छर्किने बचन दिए पछि शाहको नेतृत्वमा रहेका युवाहरुले समझदारीका साथ ढुवानीका साधन चल्न दिएको हो । शाहका अनुसार दैजी बेलडाँडी सडक खण्डमा धुलोका कारण मानव जीवनमै असर गर्ने भन्दै सबै पक्षको ध्यानाक्रषण गराउन आधा घण्टा क्याम्पुमा ढुवानीका सबै साधन चल्न रोकेको बताए । साधन अवरुद्ध भए पछि निर्माण कम्पनीले सो सडक कालोपत्रे नहुन्जेल सम्म पानी हाली धुलो माटो न्युनिकरण गर्ने बताउनु भयो ।
बेलडाँडीको अर्का युवा नरेन्द्र बिष्टले भने यो धुलोमाटोले यस क्षेत्रका नागरिकलाई निकै सास्ती भएको बताउदै सबै पक्षले यहाँका समस्या समाधानका लागि लाग्नु पर्ने बताए । युवाहरुले चाहे जे सुकै परिर्वतन हुने आसय व्यक्त गर्दै कम्पनीले जंगल क्षेत्रमा पानी छर्किने जनाए पछि धेरै बहस गर्नुपर्ने आवश्यक नरहेको बताए ।

निर्माण कम्पनीले बचन फेरेपछि कडा आन्दोलन समेत गर्ने युवाहरुले चेतावनी दिएका छन् । निर्माण कम्पनीको दिनको २,३ पटक पानी हाल्ने भने पछि यस क्षेत्रका नागरिकहरु खुसी भएका छन् ।

ताजा समाचार