Saturday, December 3, 2022
गृहपृष्ठभाषा संस्कृतिअधिकारकर्मी नेगी साधारण तारेखमा रिहा

अधिकारकर्मी नेगी साधारण तारेखमा रिहा

मुलुकी फौजदारी कार्यविधी संहिता २०७४ को दफा ६९ बमोजिम अधिकारकर्मी नेगी बिरुद्ध दायर भएको मुद्दा अनुरुप प्रमाण अपुग

खडक कोली कञ्चनपुर, १०मंसिर

कञ्चनपुरकी महिला अधिकारकर्मी माया नेगी साधारण तारेखमा रिहा भएकी छिन । उनी बिरुद्ध छिमेकी बिमला ठडराईले ‘भेदभाव तथा अपमानजन्य व्यवहार’ अन्र्तरगत मुद्दा दायर गरेकी थिईन् । बुधबार उक्त मुद्दाको थुनछेक बहसमा जिल्ला आदालत कञ्चनपुरले अधिकारकर्मी नेगीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । न्यायाधिश शिवलाल पाण्डेको एकल इजलासले वादीले नेगी बिरुद्ध दायर गरेको मुद्दामा प्रमाण अपुग भएकाले साधारण तारेखमा रिहा गर्न आदेश दिएको आदालतले जनाएको छ । कञ्चनपुर जिल्ला आदालतका श्रेस्तेदार यदुनाथ शर्माले मुलुक फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६९ बमोजिम अधिकारकर्मीलाई थुनेरै कार्बाही गर्नुपर्ने अवस्था नरहेकाले साधारण तारेखमा रिहा गर्न आदेश दिएको बताए । अधिकारकर्मी नेगीका तर्फबाट अधिवक्ता बिनोद भट्ट, कौसिल्या ओझा(किरण), प्रकास पाण्डेय, सुमित्रा कार्की, निरञ्जन विष्टले बहस गरेका थिए ।

ताजा समाचार