Sunday, September 25, 2022
गृहपृष्ठसमाचारवाणि–डोकेबजार सडक खण्ड अन्र्तरगत लालझाडी क्षेत्रमा सडक कालोपत्रे हुने

वाणि–डोकेबजार सडक खण्ड अन्र्तरगत लालझाडी क्षेत्रमा सडक कालोपत्रे हुने

पहिलाद राना कञ्चनपुर, १० मंसिर

कञ्चनपुरका दुई ठुला राजमार्ग उत्तरमा महेन्द्र र दक्षिणमा हुलाकी राजमार्ग जोड्ने वाणि–देखतभूली–कञ्ज–शंकरपुर–पचगडीया–बाईसेविचुवा(दोदा पुल) सडक खण्ड अन्र्तरगत लालझाडी गाँउपालिका ४ डाँगाजाईको सडक कालोपत्रे हुने भएको छ । पूर्वाधार विकास कार्यालय मार्फत लालझाडी गाँउपालिका ४ डाँगाजाई क्षेत्रमा ५ किलोमिटर सडक कालोपत्रे हुने भएको हो । केएस कस्ष्ट्रक्सन प्रालिले ६ करोड लागतमा ठेक्का पाएको छ । बुधबार एक कार्यक्रमका विच भौतिक पूर्वाधार विकासमन्त्री पठान सिह बोहराले सडक शिलान्यास गर्दै गुणस्तरिय काम गर्न निर्देशन दिए । मन्त्री बोहराले उक्त सडक संघबाट प्रदेशमा आएकाले प्रदेश सरकारले स्तरोन्नती गर्ने बताए । प्रदेश सभा सदस्य तारालामा तामाङ्गले निर्माण कम्पनीलाई समयमै काम गर्न निर्देशन दिए । ‘सडकबाट जनता पीडित छन, ‘उनले भने, ‘हामीले हाम्रो ठाँउबाट के के काम गर्नुपर्छ, गछौँ, निर्माण कम्पनीले ईमान्दारितापुर्वक काम गर्नुपर्छ ।’ लालझाडी गाँउपालिका प्रमुख मदन सेन बडायकले चुनावमा जनतासंग गरेका बाचा पुरा गर्ने बताए ।

‘हामी तीनै तहका जनप्रतिनिधीले जनतासंग गरेका बाचा पुरागर्ने अभियानमा जुटेका छौँ, त्यसकै फलस्वरुप यो सडक आज कालोपत्रेका लागि पहल भयो ।’ गाँउपालिका प्रमुख बडायकले सडक निर्माण कार्यलाई तिव्रताका साथ अघि बढाउन आग्रह समेत गरे । बषौँदेखि कच्ची सडकमा यात्रा गर्न विवश लालझाडीका जनता सडक कालोपत्रे बन्ने भएपछी हर्षित भएका छन । लालझाडी गाँउपालिका क्षेत्रका अगुवा अमर रानाले सडक कालोपत्रे शुरुवात भएसंगै गाँउको विकासका साथै नागरिकलाई यात्रा गर्न सहज हुने बताए । ‘हिउँदमा धुलाम्मे, बर्षातमा हिलाम्मे हुने सडक कालोपत्रे हुन लागेको छ, ‘उनले भने, ‘जनतालाई ठूलो राहत हुन्छ ।’ उनले निर्माण कम्पनीले समेत सरकारले दिएको जिम्मेबारी ईमान्दारितापुर्वक पालना गर्नुपर्नेमा जोडदिए । उत्तर महेन्द्रराजमार्ग अन्र्तरगत कृष्णपुर नगरपालिका २ वाणिदेखि वाणि–देखतभूली–कञ्ज–शंकरपुर–पचगडीया–बाईसेविचुवा(दोदा पुल)पुनर्वास नगरपालिका १०विकासबस्ती जोड्ने उक्त सडक निर्माणसंगै लालझाडी क्षेत्रको आर्थिक विकास हुनेछ ।

ताजा समाचार