खडक कोली कञ्चनपुर, १० मंसिर

माईती नेपाल कञ्चनपुरले विपन्न समुदायका नागरिकलाई पोषिलो खाना खुवाईरहेको छ । कोरोनाका कारण रोजगारी गुमाएका, रोजगारीको पखाईमा रहेका विपन्न समुदायका घर परिवारलाई माईती नेपाल पोषिलो खाना खुवाउन जुटेकोछ । माईती नेपाले आफैले खाना पकाएर लगेर भात, दाल, तरकारी, सुद्धखानेपानी, हरियो साग सहितको पोषिलो खाना खुवाईरहेको छ । यस अघि लकडाउनले रोजगारी गुएका कञ्चनपुरका १४ हजार नागरिकलाई पोषिलो खाना खुवाएको माईती नेपालले फेरी दोस्रो चरणको खाना खुवाउने अभियान शुरु गरेको हो । सामुदायिक भान्सा मार्फत माईती नेपालले विपन्न नागरिकलाई खाना खुवाईरहेको छ । भीमदत्त नगरपालिका १८ सालघारी सुकुमबासी बस्ती क्षेत्रमा एक सातादेखि माईती नेपालले दोस्रो चरणको खाना खुवाउन लागेको छ । प्रतिदिन २ सय ५० का दरले खाना खुवाईन लागेको माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले बतार्ईन । ‘पहिलो चरणको सफलतापुर्वक पोषिलो खाना खुवाउने कार्यक्रम सकिएसंगै दोस्रो चरणमा पनि शुरु गरेका छौँ, ‘माईती नेपाल कञ्चनपुरकी संयोजक भट्टले भनिन, ‘यस चरणमा अघिल्लो भन्दा फरक छ ।’
पहिलो चरणमा लकडाउनका कारण समस्यामा परेका गर्भवति महिला, जेष्ठ नागरिक, बालबालिका दैनिक ज्यालादारी, मजदूरी गरेर जीविकोपार्जन गर्दै आएका समस्यामा परेका परिवारका लागि सामुदायिक रुपमा खाना खुवाईएको थियो । भने अहिले दलित, विपन्न, एकल महिला, अपाङ्गता एव आर्थिक रुपमा अति विपन्न दैनिक हातमुख जोर्न समस्या भएका भाडामा बस्ने, दैनिक मजदुर गर्ने परिवारका सदस्यलाई खाना खुवाईने संयोजक भट्टले बताईन् । दोस्रो चरणको अभियानमा समेत १५ हजार थाली खाना खुवाईने सयोजक भट्टले बताईन् । खाना खुवाउँदै बुधबारदेखि शुरु भएको लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान र कोरोना भाईरस बारे सचेतना कार्यक्तम समेत संचालन गरिएको बताए । ‘भौतिक दुरी कायम गरेर खाना खुवाउन लागेका छौैँ, ‘उनले भनिन, ‘कोडिभ सचेतनासंगै लैडिङ्ग हिंसा न्यूनिरणकालागि सचेत गराईरहेका छौँ ।’
पोषिलो खाना पाएसँगै खुशी भएका स्थानीयले हर्ष व्यक्त गरेका छन् । माईती नेपाल कञ्चनपुरको अभियान साँच्चिकै विवाह गरेकी छोरी माईती घर जाँदा जति स्वागत र मिठो मसिनो भोजन खुवाईन्छ, उस्तै तरिकारले कोरोनाबाट समस्यामा परेका महिला र बालबालिकालाई खुवाएको अनुभव पोखेका छन् । स्थानीयले अझैपनि कार्यक्रम संचालनमा जोडदिएका छन् । स्थानीय तहले पनि माईती नेपाल कञ्चनपुरको अभियान सरानिय भएको बताएका छन् । भीमदत्त नगरपालिका कार्यपालिका सदस्य कमला देवकोटाले कोरोना कारण समस्यामा परेका नागरिकलाई पोषिलो खाना वितरण कार्य राम्रो भएको बताईन् ।
उनले सरकारले कोरोना नियन्त्रणका लागि लकडाउन गरेको बताउदै त्यसको प्रत्यक्ष मारमा दैनक ज्यादारी, मजदूरी गर्ने परिवार परेकाले यस्तो अभियानले उनीहरुलाई सहयोग पुगेको बताईन् । एक छाक भएपनि संकटमा परेका परिवारका लागि ठुलो राहत पुगेको उप प्रमुख सिहले बताईन् । कोरोना भाइरस अन्य रोग र विपत्ती जस्तो नभएकाले बताउदै यसबाट जोखिन सबैले भौतिक दूरी र सुरक्षाका उपायहरु अवलम्वन गर्नु पर्नेमा सुझाव दिईन् । माईती नेपाल कोरोना भन्दा अघि चेलिबेटी बेचबिखन तथा ओसापोसार बिरुद्ध सीमा क्षर््ोत्रमा खटिएर निरन्तर निगरानी एव रोकथामका लागि कार्य गर्दै आएको यस पटक कोरोना कहरले खाना पकाउने वितरणमा जुटेकोछ । माईती नेपालको कार्यबाट स्थानीय सरोकारवालाले प्रसंसा गरेका छन ।
