विकास सिह महता

नेपाली काँग्रेस निकट नेपाल तरुण दल कञ्चनपुरका युवा नेता ज्ञानेन्द्र बहादुर सिह काँग्रेस केन्दीय खेलकुद विभागको केन्दीय सदस्यमा नियुक्त भएका छन । दरुण दल शुक्लाफाँटा नगरका सभापति सिहलाई काँग्रेस केन्दीय समितिले खेलकुद विभागको केन्द्रीय सदस्यमा नियुक्त गरेको हो ।
काँग्रेस सभापति शेर बहादुर देउवाले नेपाली काँग्रेसको विधान २०१७(संसोधन सहित)को धारा २५(९)बमोजिम खेलकुद विभागको केन्दीय सदस्यमा नियुक्ती गरेका छन् । उनलाई गत जेठमै नियुक्ती दिएपनि मंसिरमा आएर सार्वजनिक गरिएको छ ।
जिल्ला खेलकुद विकास समिति कञ्चनपुरका निर्वतमान उपाध्यक्ष एव नेपाल टाईगोन्ड संघका अध्यक्ष सिहलाई काँग्रेस केन्दीय समितिले खेलकुद विभागमा नियुक्ती गरेसंगै उनका सहकर्मीले बधाई तथा शुभकामना दिईरहेका छन । काँग्रेस खेलकुद विभागको केन्दीय सदस्यमा चयन भएका सिहले पार्टी नेता गणबाट आफुलाई विश्वास गरेर दिएको जिम्मेबारी अनुरुप ईमान्दारितापुर्वक सिङ्गो खेलकुद क्षेत्रको विकास गर्ने प्रण राखे ।