Saturday, December 3, 2022
गृहपृष्ठसमाचारप्रदेश अस्थायी राजधानी धनगढीमा २२ दलिय मोर्चाको बिरोध

प्रदेश अस्थायी राजधानी धनगढीमा २२ दलिय मोर्चाको बिरोध

विकास सिह महता कञ्चनपुर, ७ मंसिर

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा २२ दलिय राजनीतिक संगठनले बिरोध प्रर्दशन गरेका छन् । आइतबार धनगढीमा २२ दलिय राजनीतिक संगठनले राष्ट्रियका विभिन्न विषय अघि सारेर बिरोध प्रर्दशन गरेका हुन् । ‘एमसीसी खारेज, लिपुलेक, लिम्पियाधुरा, कालापानी हाम्रो हो, ‘भारतीय सेना छोड भष्टाचार महङ्खी, कालोबजारी नियन्त्रण गर’ भन्ने मुल नाराका साथ धनगढीमा बिरोध गरिएको हो । नेकपा मसाल, नेकपा क्रान्तिकारी, माले, राष्ट्रिय जनमोर्चा, संयुक्त, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेकपा माओवादी केन्द्र, माओवादी, राष्ट्रिय समाजवादी मोर्चा र नयाँ नेपाल पार्टी लगायतका २२ दलिय संगठनले बिरोध गरेका हुन् ।

 

२२ दलिय संगठनका तर्फबाट नेता एव नेकपा क्रान्तिकारी माओवादी सुप प्रदेशका सचिव राम बहादुर महरा(चिन्तक)ले राष्ट्रियताका लागि बिरोध गरिएको जानकारी दिनुभयो । उनका अनुसार जनमोर्चा सुप प्रदेशका इन्चार्ज मनोज भट्ट, राष्ट्रिय समाजवादी मोर्चाका अध्यक्ष डिडि पाण्डे, क्रान्तिकारी माओवादी केन्द्रीय सदस्य राम ब. केसी, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल प्रदेशका अध्यक्ष विष्णूराम दमाई नेकपा माले प्रदेश सचिव परेक रावल लगायतका नेताहरुले सम्बोधन गरेका थिए । पार्कदेखि धनगढी बजार हुँदै मुख्य चोकमा कोण सभामा परिणत भएको थियो । राष्ट्रिय समाजवादी मोर्चाका केन्द्रीय सदस्य नरेन्द्र भाटले राष्ट्रघाती कदम बिरुद्ध भव्य रुपमा बिरोध प्रर्दशन भएको बताए । उनले हरेक राष्ट्रघाती र गलत बिरुद्ध आम युवा जाँग्नु पर्ने बताए । बिरोध प्रर्दशनपछि कोण सभामा बोल्दै २२ दलिय मोर्चाका नेताहरुले राष्ट्रघाती एमसीसी खारेजी लिपुलेक, लिम्पियाधुरा, कालापानीबाट भारतीय सेना हटाउनुपर्ने, भष्टाचार महङ्खी, कालोबजारी नियन्त्रण र कोडिभ १९का नाममा भएको भष्टाचार नरोकिए फेरी आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

ताजा समाचार