Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीमृतक अध्यक्ष रोकायाको आज अन्तिम अन्त्येष्टी, घटनाको रहस्य बाहिर ल्याउन स्थानियको माग

मृतक अध्यक्ष रोकायाको आज अन्तिम अन्त्येष्टी, घटनाको रहस्य बाहिर ल्याउन स्थानियको माग

बेलडाँडी,
बेलडाँडी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष रोकायाको आज अन्तिम अन्त्येष्टी गरिएको छ ।
हिजो शुक्रबार विहान आफ्नो घर नजिकैको किसान मध्यवर्ती सामुदायिक बनको किनारको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका वडाध्यक्ष कृष्ण बहादुर रोकायाको आज अन्त्येष्टी गरिएको छ । वडाध्यक्ष रोकायाको असामयिक निधन प्रति बेलडाँडी गाउँपालिकाले दुःख व्यक्त गर्दै मृतक प्रति श्रद्धाञ्जली तथा परिवारजन प्रति समवेदना व्यक्त गरेको छ ।

५५ वर्षीय मृतक रोकायाको अन्तिम दाहसंस्कारमा प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख, उपप्रमुख, नेकपा, नेपाली कांग्रेसका नेता कार्यकर्ता लगायत वहाँका शुभचिन्तक र स्थानीय वासीहरुको सहभागिता रहेको थियो ।

नेकपा पार्टीले कम्युनिष्ट पाटीको झण्डा ओढाई एक मिनेट मौन धारण सहित अन्तिम दाहसंस्कार गरिएको थियो । अध्यक्षको अकल्पनिय मृत्यु प्रति पुरै गाउँपालिका शोकमा डुबेको छ । स्थानीय वासीका अनुसार अध्यक्षले कसरी आत्म हत्या गरे ? किन गरे ‘सुसाइड नोट’ लेखेर राखे ? आत्म हत्या गर्नु थियो नै भने किन ‘सुसाइड नोट’ लेखे जस्ता कुरामा चर्चा गर्ने गरेका छन् । घटनाको सत्यतथ्य बाहिर ल्याउनु पर्नेमा स्थानीयले जोड दिएका छन् । सबै संग मिलनसार अध्यक्षले यस्तो निर्णय लिनै सक्दैन भन्नेहरुको समेत कमि छैन् । प्रहरीले घटनाको बारेमा मसिनो गरि अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

वडाध्यक्ष रोकायाको निधनमा बेलडाँडी गाउँपालिकाले भोली आइतबारका दिन गाउँपालिका भित्र सार्वजनिक विदा दिने निर्णय हिजोनै गरेको छ । गाउँपालिकाका अध्यक्ष धन बहादर थापा क्षेत्रीले घटना कसरी घटन पुग्यो त्यो बारेमा प्रहरीले छिट्टै घटनाको रहस्या बाहिर ल्याउनेमा आफ्नो टिम ढुक्क रहेको बताए ।

ताजा समाचार