Monday, December 5, 2022
गृहपृष्ठमुख्य समाचारबेलौरीका भट्ट बने डिलरदाई अफरका भाग्यशाली

बेलौरीका भट्ट बने डिलरदाई अफरका भाग्यशाली

बेलडाँडी,
डिशहोमले ग्राहकहरुका लागि ल्याएको डिलरदाई अफर कार्यक्रमको बिजेता बेलौरीका भट्ट बनेका छन् । बेलौरी नगरपालिका ९ बस्ने राजेन्द्र प्रसाद भट्टले बार्षिक डिशहोम रिचार्ज गरेवाफत नगद १ लाखको विजेताका बनेका छन् ।

अफरमा डिलरदाई मार्फत फण्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्दा हरेका हप्ता हुने लक्की ड्र मा सहभागी २ जना भाग्यशाली ग्राहकहरुले प्रति व्यक्ति एक/एक लाख नगद उपहार पाउने कम्पनीको नियमानुसार भट्ट विजेता बनेका हुन्।

हरेक हप्ता हुने लक्की ड्र को विजेताको घोषणा डिजिटल प्रणालीबाट ग्राहकहरुको डिशहोम सेट–टप बक्सको क्यास आईडिको आधारमा गरिएको डिसहोम मिडिया नेटर्वकका सेतीमहाकाली अफिसर लक्ष्मीराज जोशीले जानकारी गराउनु भयो । वहाँका अनुसार भट्टले बेलडाँडीको चवन्नी वजारमा रहेको काठमाडौं मोवाईल एण्ड इलेक्ट्रोनिक डिसहोम डिलरबाट बार्षिक रिचार्ज गरेर कम्पनीको नियम अनुसार छनौट भएको बताउनु भयो । ग्राहकको चहना अनुसार यस्ता कार्यक्रम कम्पनीले आयोजना गरेको समेत बताउनु भयो । आज डिलरमा नगद १ लाखको चेक हस्तान्त्रण गराइएको हो ।

चेक हस्तान्त्रण गर्दै भट्टले डिशहोमलाई धन्यावद दिदै, आगामी दिनमा समेत यस कार्यक्रममा सहभागि हुने जनाउनु भयो । डिशहोमको यो कार्यक्रमका साथै डिशहोम मार्फत आउने सबै च्यालनहरु सफा राम्रो भएको समेत जानकारी गराए ।

चवन्नी वजारका डिलर संचालक इन्द्र खडकाका अनुसार कम्पनीकोे यो अफर कार्यक्रम ग्राहकहरुका लागि अत्यन्तै राम्रो भएको भन्दै बार्षिक १५० ग्राहक आफ्नो डिलर मार्फत रहेको बताउनु भयो । यस्ता कार्यक्रमले ग्राहकबर्गमा सकारात्मक प्रभावका साथै सबैमा फाइदा पुर्याएको बताउनु भयो । ३१९९ देखि ११८०० सम्मका विभिन्न प्याकेज रहेको समेत बताउनु भयो ।

हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको सोकेश च्यानल नं १००, १०५ र रमाईलो टिभीमा लक्की ड्र को प्रत्यक्ष प्रशारण बाट छनौट हुने गरेको छ ।

ताजा समाचार