Monday, December 5, 2022
गृहपृष्ठमुख्य समाचारसात गते बेलडाँडी गाउँपालिका भरी सार्वजनिक विदा गरिने

सात गते बेलडाँडी गाउँपालिका भरी सार्वजनिक विदा गरिने

बेलडाँडी,
जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकाले आइतवार ७ गते सार्वजनि विदा गर्ने भएको छ । ५ नं. वडाका वडाध्यक्षको असामयिक निधनले पुरै गाउँपालिका अत्यन्त दुःखी एवं मर्माहित हुदै दिबंगत आत्माको चिर शान्तीको कामना गर्दै ७ गतेका लागि बेलडाँडी गाउँपालिका भित्रका सरकारी कार्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको बेलडाँडी गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले शुक्रवार जारी गरेको विज्ञप्ती अनुसार समवेदना, भावपूर्ण श्रद्धान्जली अर्पण समेत गर्दै दुःखी परिवार प्रति सहानुभूति प्रकट समेत गरेको जनाइएको छ । मृतक अध्यक्ष कृष्ण बहादुर रोकायाको सम्झनामा पुरै गाउँपालिका भावुक भएको छ ।

आज विहान आफ्नो घर भन्दा करिव २ सय मिटर टाढा बैजनाथ मन्दिरको नजिकै गुटिलको रुखमा झुण्डीएको अवस्थामा फेला परेका थिए । अहिले वहाँको शव पोस्टमार्टमका लागि बेलौरी लगिएको छ ।

ताजा समाचार