Tuesday, August 16, 2022
गृहपृष्ठदैनिक गतिविधीबेलडाँडीमा वडाध्यक्षको सब झुन्डिएको अवस्थामा फेला, मन्दिर जान्छु भनी गरे अात्म हत्या

बेलडाँडीमा वडाध्यक्षको सब झुन्डिएको अवस्थामा फेला, मन्दिर जान्छु भनी गरे अात्म हत्या

कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नं.५ का वडाध्यक्षको सब झुण्डिएको अवस्थामा भेटिएको छ ।

बेलडाँडी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष ५५ वर्षीय कृष्ण बहादुर रोकायाको रुखमा झुण्डिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।
विहान ७ बजे मन्दिर जान्छु भनी हिडेका उनीले ८:१५ मा जेठा छोरालाई कल गरेर म केहिछिनमा अाउछु भनेको पिडित परिवारले जनाएका छन् ।

वडाध्यक्ष रोकायाको शव घर नजिकैको मन्दिर छेउको रुखमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घटनास्थल मृतक वडाधयक्षको घरबाट २ सय मिटरको दुरीमा रहेको छ ।

अहिले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपीको टिम घटना स्थल पुगेर मुचुल्का उठाइ रहिरहेको छ । घटनाको थप विवरण अाउन बाकी छ ।

ताजा समाचार