Monday, December 5, 2022
गृहपृष्ठमुख्य समाचारकोरोना लगायत विभिन्न महामारी नियन्त्रणका लागि बेलडाँडीमा अन्तरक्रिया

कोरोना लगायत विभिन्न महामारी नियन्त्रणका लागि बेलडाँडीमा अन्तरक्रिया

बेलडाँडी,
बेलडाँडी गाउँपालिकामा आइतवार कोरोना तथा विभिन्न महामारी रोग नियन्त्रणका लागि अन्तरक्रिया गरिएको छ ।
बेलडाँडी गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा एक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बेलडाँडी गाउँपालिकाले जनाएको छ ।

बेलडाँडी गाउँपालिका भित्र स्वास्थ्य सम्वन्धि काम गर्ने संस्था, स्वास्थ्यकर्मीहरु लगायत जनप्रतिनिधीहरुका विच कोभिड १९ लगायत अवका दिनमा निम्तिन सक्ने महामारी नियन्त्रणका लागि छलफल भएको बेलडाँडी गाउँपालिकाका प्रवक्ता अम्मर बहादुर खत्रीले जानकारी गराउनु भयो ।

कोरोना भाइरस नियन्त्रणका लागि बेलडाँडी गाउँपालिकाले गरेको कार्यको समिक्षा गर्दै आगामी दिनमा गाउँपालिकालाई कसरी सुरक्षित पार्ने भन्ने विषयमा बृहत छलफल भएको छ । कोरोना भाइरसले जतिबेला पनि भयाभयक रुप लिन सक्ने भन्दै सबैले सचेत हुनुपर्नेमा जोड दिएका थिए ।
तत्काल कोरोना भाइरस केन्द्रित नै कार्यगर्दै अगाडी बढ्न निस्र्कष निकालिएको स्वास्थ्य शाखा प्रमुख माधवानन्द भट्टले जानकारी दिए । उहाँका अनुसार स्वास्थ्य जस्तो सम्वेदनशील विषमा सचेत र सजग सबैले हरनुपर्ने बताए ।

ताजा समाचार