Monday, December 5, 2022
गृहपृष्ठराष्ट्रिय समाचारडोकेबजार होल्डिङ सेन्टर स्थापना

डोकेबजार होल्डिङ सेन्टर स्थापना

लाल ब. एसके

कञ्चनपुरको दक्षिण क्षेत्र पुनर्वास नगरपालिका स्थित डोकेबजारमा होल्डिङ सेन्टर स्थापना गरिएको छ । होल्डिङ्ग सेन्टरको आइतबार उद्घाटन गर्दै पुनर्वास नगरका मेयर जिवन थापाले संकटमा परेका नेपाली तथा भारतीय नागरिकको स्वास्थ्य सुरक्षा एव उद्दार गरिने बताए । ‘कोरोना रोकथाम तथा भारतलगायत तेस्रो मुलुकबाट आउने जाने गर्ने कुनै पनि नेपाली नागरिक अथवा भारतीय नागरिक नागरिकले दुःख कुनै किसिमको पनि दुख हुँदैन, ‘मेयर थापाले भने, ‘सबै समस्या हाल गर्छु ।’

सेन्टरमा निड्स नेपालले स्वास्थय समाग्री सहयोग गरेको छ । कार्यक्रममा पुनर्वास नेकपा नगर अध्यक्ष पदम पुजारा साथै नेकपा नगर सह इन्चार्ज कचन गिरी त्यस गरि पुनर्वास नगरपालिका प्रवक्ता भारमल सुनार र नेपाल सशस्त्र प्रहरी बल डोकेबजार त्यस गरि पुनर्वास नगरपालिका वडा नम्बर ११ का अध्यक्ष तुलसी अर्याल र डोकेबजार ब्यावस्थापन समितिका उपाध्यक्ष प्रदिप सिंह लगायतको सहभागिता रहेको थियो ।

ताजा समाचार