Wednesday, August 10, 2022
गृहपृष्ठसमाचारसमाजवादी राष्ट्रिय मञ्च नेपाल कञ्चनपुरको अध्यक्षमा भट्ट

समाजवादी राष्ट्रिय मञ्च नेपाल कञ्चनपुरको अध्यक्षमा भट्ट

समाजवादी राष्ट्रिय मञ्च नेपाल कञ्चनपुरको अध्यक्षमा तिलक दत्त भट्ट चयन भएका छन । शनिबार महेन्द्रनगरमा सम्पन्न भएको विभिन्न वाम घटक मोर्चाको भेलाले अध्यक्षमा भट्टलाई चयन गरेको हो । उपाध्यक्ष उशा थापा (मगर), सचिव डम्बर सिह भण्डारी, सह सचिव गोदाबरी ठगुन्ना, कोषाध्यक्ष पुजा मल्ल चयन भएका छन । भने सदस्य तर्फ कुमा शाही, कमला भट्ट, जानकी पन्त, जानकी ठगुन्ना, सुरन्द्र खडका, रमेश धामी,सुरेन्द्र साउद लगायतका सदस्य रहेका छन ।

कार्यक्रमका प्रमुख अतिथि समाजवादी राष्ट्रिय मञ्च नेपालका केन्दीय अध्यक्ष देविदत्त पाण्डेयले बिकृती बिङगती बिरुद्ध मोर्चा खरो रुपमा उपस्थिति हुने बताए । राष्ट्रियताका पक्षमा मोर्चाले अग्रगामी कदम अघि सार्ने बताए । महासचिव माधव विष्टले सबै राष्ट्रबादी बुद्धिजिवीले मोर्चामा आबद्ध हुनुपर्नेमा जोडदिए । समाजवादी राष्ट्रिय मञ्च नेपालका केन्दीय सदस्य नरेन्द्र भाटले संचालन गरेको कार्यक्रममा केन्दीय सदस्य पुष्कर भण्डारीको स्वागत मन्तव्य राखेका थिए भने केन्दीयसदस्य डम्बरविष्टको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न बाम, लोकतान्त्रिक घटक,बुद्धिजिवी, उद्योगीको सहभागिता रहेको थियो ।

ताजा समाचार