Tuesday, August 16, 2022
गृहपृष्ठमुख्य समाचारकृषि अनुदानले किसान कार्तिके उखु खेती तर्फ आक्रसित बन्दै

कृषि अनुदानले किसान कार्तिके उखु खेती तर्फ आक्रसित बन्दै

बेलडाँडी,
कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका उखु कृषकहरु कृषि अनुदान पाए पछि कार्किके उखु खेती तिर आक्रसित बन्दै गएका छन् ।
मुख्य मन्त्री नमुना कृषि गाउँ (उखु) कृषक समन्वय समितिले उखु कृषकहरुका लागि अनुदामा आधारित कार्यक्रम ल्याएपछि किसानहरु कार्तिके उखु खेती तर्फ आक्रसित बनेका छन् । हिजोका दिनमा १ बिघामा २ सय क्वीन्टल मात्र उखु फलाउने किसानले कार्तिके उखु खेती मार्फत १ बिघामा १ हजार क्वीन्टल उखु फल्ने भए पछि किसानहरु कार्तिके उखु खेती लागाउन तिर प्रेणीत भएको मुख्यमन्त्री नमुना कृषि गाउँ उखु कृषक समन्वय समितिका अध्यक्ष सुरेन्द्र सिंहले जानकारी गराउनु भयो । उहाँका अनुसार बेलडाँडी गाउँपालिकाका ३ वटा वडा १,३र४ मा उखु जोन कार्यक्रम संचालन भएकाले यस पालि ३ वटै वडाका १५ जना किसानलाई सत प्रतिशत अनुदाका साथै उखु प्रदर्शनी कार्यक्रम गरिएको बताए ।

कार्तिके उखु खेति गर्ने कृषकलाई मल, बिउ, बिषादी र सुस्मतत्व सत प्रतिशत अनुदानमा उपलब्ध गराउने कार्यक्रम गरिरहेको सिंहले बताउनु भयो ।

कार्यक्रमलाई प्रवद्र्धन गर्न प्रदेश सरकारको तर्फबाट ५० लाख अनुदान समेत उपलब्ध भएको बताउदै यस कार्यक्रमले किसानलाई चारैतिरबाट फाईदा हुने भएकाले यस्ता कार्यक्रम श्रृजना गरिएको हो ।

किसानहरुलाई उखु खेतीलाई आधुनीकीकरण बनाउन महाकाली सुगर मिलले समेत यस कार्यमा सहजिकरणको भुमिका निर्वाह गदै आएको महाकाली सुगर मिलका उखु प्रबन्धक सि.डि. पाण्डेको भनाई छ । उनले भने ”अहिले यहाँका किसालाई कार्तिके उखु खेतीको बारेमा थप जानकारी गराउदै यस तर्फ उन्मु गर्न आफुहरु लागि रहेका बताए । कार्तिके उखु खेतिबाट उखु राम्रो हुनुका साथै अन्तरबालि दोहोरो खेती गर्न समेत सजिलो हुने उहाँको भनाई रहेको छ ।”

कार्तिके उखु खेतीबाट धेरै फाईदा र राम्रो उखु उत्पादन हुने भएपछि आफु पनि अहिले पाँच कठ्ठा क्षेत्रफलमा कार्तिके उखु खेति गरि रहेको बेलडाँडी–१ का वडा सदस्य समेत रहेका किसान शंकर भट्टले बताए । उहाँले भने ”उखु राम्रो हुने तर लगानी नभएका किसानहरुका लागि मुख्य मन्त्री नमुना कृषि गाउँ कार्यक्रम निकै प्रभावकारी भएको बताए ।”
यसरी अहिले मुख्य मन्त्री नमुना कृषि गाउँ कार्यक्रम लागु भए संगै किसाहरुले धेरै फाईदा पाएको बताएका छन् । कार्यक्रमले विगतका बर्षहरुमा ५० प्रतिशत अनुदानमा आधारित कृषि उपकरण समेत किसानहरुलाई उपलब्ध गरेक थिए । यस्तै आगामी कार्यक्रम समेत यस बर्ष नयाँ अनुदानमा आधारित कृषि उपकरण किसानलाई उपलब्ध गराउने कार्यक्रम रहेको मुख्य मन्त्री नमुना कृषि गाउँ (उखु) कृषक समन्वय समतिका अध्यक्ष सिहले बताउनु भयो ।

ताजा समाचार