Saturday, December 3, 2022
गृहपृष्ठस्थानिय समाचारनेवि संघ नेता जोशी होटल व्यवसायमा

नेवि संघ नेता जोशी होटल व्यवसायमा

खडक कोली

नेपाल विद्यार्थी संघ कञ्चनपुुरका एक युवा नेता पारमणी जोशी होटल व्यवसायमा जुटेका छन । नेवि संघ कञ्चनपुरका सचिव जोशीले बेदकोट नगरपालिका २ बसन्थला आफ्नै नर्सरी क्षेत्रमा कटेज संचालनमा ल्याएका हुन । कार्तिक १ घटस्थापनादेखि जोशीले कन्ट्री साईड कटेज संचालनमा ल्याएका छन । बेदकोट नगरप्रमुख अशोक कुमार चन्दले कटेज उद्घाटन गर्दै युवाहरु व्यवसायमा जुट्नुपर्नेमा जोडदिएका थिए । विद्यार्थी राजनीतिसंगै आत्मनिर्भर बन्नका लागि व्यवसाय शुरु गरेको नेता जोशीले बताए । सुदूरपश्चिम विश्वविद्यालय स्नातक तह व्यवस्थापन संकायमा अध्ययनरत जोशीले विद्यार्थी राजनीतिकसंगै पल्टीपर्पोजका लागि कटेज व्यवसाय रोजेको बताए ।

‘नर्सरी क्षेत्रमा रहेको खाली जमिनको सदुपयोग र राजनीतिक गर्न आत्मनिर्भर बन्न खोजेको हु, ‘उनले भने, ‘पैशा कमाउने निहित उदेश्य होईन ।’ अध्ययन गर्दागर्दै विद्यार्थी राजनीति गर्ने क्रममा आफ्नो पकेट खर्च व्यवस्थापनका लागि समेत आत्मनिर्भर बन्नुपर्ने उनको भनाई छ । न्यू बाईधारा गाईभौसी पालन फर्मबाट अवलोकन भ्रमण त्यहाँको अनुभव लिनका लागि उनी एक बर्ष अघि कतार समेत गएका थिए । ‘मेरै घरमा गाईभौसी फर्म पनि छ, ‘उनले भने, ‘कृषि तर्फको व्यवसायिक ज्ञान लिनका लागि समेत म विदेश समेत गएको थिए, बाबुले फर्म र मैले होटल व्यवसाय रोजे ।’

विदेशमा मेसिनबाट दुधधुने पशु धुने जस्ता प्रविधि भित्रिएको अवस्थामा नेपालमा अहिल्यै यस्तो प्रविधि सम्भव नभएको बताए । होटलमा १८ बर्ष मुनीका बालबालिकालाई अभिभावकविना प्रवेस निषेध गरिएको बताउदै उनले पैशाका लागि गाँउका बालबालिकाको बानी व्यवहार बिगार्नु हुदैन । निकट भविष्यमै पोखरी, स्वीमिङ्ग पुल निर्माण गरिने बताउदै उनले पोखरीमा माछा पाल्ने बताए । ‘एक संरचनाको बहुउपयोग गर्नुपर्छ, ‘उनले भने, ‘त्यही भएर होटल समेत संचालनमा ल्याए ।’ कटेज परिसरमा कागती लगायतका व्यवसायिक खेती गर्ने उनको लक्ष्य रहेको छ ।

राजनीतिकसंगै उत्पादन र व्यवसायिक क्षेत्रमा नेवि संघ नेता जोशी जुटेपछि उनका सहकर्मीले समेत उनलाई बधाई तथा शुभकामना दिईरहेका छन ।

ताजा समाचार