Friday, September 30, 2022
गृहपृष्ठमुख्य समाचारमहाकाली सिंचाई द्वितिय चरण क्षेत्रीय समितिको आठौं वार्षिक साधारण सभा शुरु

महाकाली सिंचाई द्वितिय चरण क्षेत्रीय समितिको आठौं वार्षिक साधारण सभा शुरु

बेलडाँडी,
जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडीमा रहेको महाकाली सिंचाई प्रणाली जल उपभोक्ता संघ द्वितिय चरण क्षेत्रीय समितिको आज एक कार्यक्रमका विच आठौं साधारण सभा शुरु भएको छ । किसान संघ प्रत्यक्ष जोडिएको संस्थाले किसानका पक्षका कार्य गर्दै जादा आफ्नो ८ औं वार्षिक साधारण सभा कोरोनाको विचबाट संस्थालाई चुस्त दुरुस्त राख्नका लागि मनाएको छ ।
यस संस्थाले बर्ष भरी गरेको कार्यको समिक्षा गर्दै आज बार्षिक साधारण सभा गरेको संस्थाका महासचिव हर्कदेव जोशीले जानकारी गराउनु भयो ।

उहाँका अनुसार संस्थाले किसानको पक्षमा कार्य गर्दै आएको आगामी कार्ययोजना तयार पार्नको लागि सभाबाट योजना पारित गरिने जनाउनु भयो । आफु यो संस्थामा प्रवेश गरेपछि यस संस्थाले गर्ने हरेक गतिविधि आम किसानलाई जानकारी गराई प्रधामिकता पाउनु पर्ने योजनालाई प्राथामिकता दिने कार्य समेत गरिने जनाए ।

संस्थाका अध्यक्ष विर बहादुर वडवालले संस्थाले गरेको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुहुदै अझै किसानका काम धेरै गर्नुपर्ने भएकाले यहाँका किसानहरुका समस्यालाई लिएर संम्वन्धित मन्त्रालय डेलिगेशन लिएर जाने बताउनु भयो ।
प्रतिवेदनमा विभिन्न शिर्षकबाट २ करोड १ लाख ७६ हजार ४ सय३५ रु आम्दानी भएको बताउदै खर्च समेत बराबर रहेको प्रतिवेदनमा खुलाईएको छ ।
साधारण सभामा बोल्दै अधिकांस सहभागिहरुले अझै सरल तरिकाले किसानको खेतमा पानी नपुर्याउन सकेको प्रति दुःख प्रकट गरे ।

वडाध्यक्षहरुका तर्फबाट बेलडाँडी वडा नं.२ का अध्यक्ष तथा न्यायिक समितिका सदस्य प्रेम खातीले भने सहकार्यबाट सबै समस्या टर्ने भएकाले गाउँपालिकाबाट हुने सहयोग यस संस्थालाई गर्न सकिने बचन दिए ।

कार्यक्रमका प्रमुख अतिथि तथा बेलडाँडी गाउँपालिका अध्यक्ष धन बहादुर थापाक्षेत्रीले भने यस संस्था संग हातेमालो गरेर अगाडी बढ्नेमा गाउँपालिकाको सहयोग रहने कुरा बताउनु भयो । आफ्नो कार्यकालमा सके सम्म सहकार्य गरेर किसानका सिंचाइका समस्या सामाधान गरिने बताउनु भयो ।

 

ताजा समाचार