Monday, August 8, 2022
गृहपृष्ठस्थानिय समाचारकोरोनालाई बिरामीको निःशुल्क उपचार गर्न माग

कोरोनालाई बिरामीको निःशुल्क उपचार गर्न माग

कोरोनाका बिरामीको निःशुल्क उपचार गर्नुपर्ने नागरिक संघर्ष समितिले माग अघि सारेको छ । सरकारले कोरोना संक्रमित बिरामीको उपचारका लागि रकम लिने भनेपछि नागरिक संघर्ष समितिले आपत्ति जनाएको छ । नागरिक सघर्ष समितिले एक प्रेस विज्ञप्ती निकाल्दै कोरोनाका बिरामीको निःशुल्क उपचार गर्नुपर्ने नागरिक संघर्ष समितिले माग अघि सारेको हो । नेपालको संविधानमा समेत स्वास्थ्यको अधिकार मौलिक अधिकार भएकाले सरकारले कोरोनाका बिरामीको उपचारमा शुल्क लाग्ने विषयमा समितिले आपत्ती जनाएको छ । नागरिक संघर्ष समिति कञ्चनपुरका संयोजक मिना भण्डारीले हस्ताक्षर गरेको विज्ञप्तीमा कोरोनाका बिरामीको निःशुल्क उपचारका लागि जोडदानर माग गरिएको हो ।

ताजा समाचार