Tuesday, August 16, 2022
गृहपृष्ठसमाचारकञ्चनपुरका एक जनप्रतिनिधी पन्तले दशैँ खर्च पिसिआर मेसिन संचालनका लागि फिर्ता

कञ्चनपुरका एक जनप्रतिनिधी पन्तले दशैँ खर्च पिसिआर मेसिन संचालनका लागि फिर्ता

विकास सिह महता कञ्चनपुर, ४ कार्तिक

कञ्चनपुरमा स्थानीय, प्रदेश र संघीय तीन संरचना तहका ५ सय ३ जनप्रतिनिधी छन् । संघीय संसदले धमाधम दशैँ खर्च बुझेर फिर्ता गरिहेका छन् । केन्द्रमा संघीय संसदले दशैँ खर्च फिर्ता गरिरहेका बेला कञ्चनपुरका एक जनप्रतिनिधीले पनि दशैँ खर्च फिर्ता पाएका छन् । आफुले पाएको दशौँ खर्च बाफतको रकम स्थानीय तहका जनप्रतिनिधीले फिर्ता गरेका हुन् । जिल्ला समन्वय समिति सदस्य बलराम पन्तले आफुले पाएको दशैँ भत्ता बाफतको रकम फिर्ता गरेका छन् । उनले राज्यकोष भन्दा महाकाली अस्पतालमा पिसिआर मेसिन संचालनका लागि फिर्ता गरेको बताएका छन् ।

 

कोरोना कहरबाट जनता मरिरहेका बेला जनप्रतिनिधीले कर्मचारीको जस्तो भत्ता खान नहुने तर्क राख्दै उनले मंगलबार आफुले पाएको दशैँ खर्च बाफतको १४ हजार, ८ सय ५० रुपैया महाकाली अस्पताललाई सहयोग गरेका छन् । कोरोना महामारीका बेला दशौँ मनाउनु भन्दा जनताको स्वास्थ्य सुरक्षा भन्दै जिल्लामा ५ सय ३ जनप्रतिनिधीले मध्ये जनप्रतिनिधी बलराम पन्तलेका माफैत दशैँ खर्च फिर्ता गरे ।

 

सदस्य पन्तले महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)लाई हस्तान्तरण गरेका छन् । चेक बुझ्दै महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)ले सबै जनप्रतिनिधीले उद्दार भईदिए राम्रो हुने बताए । भीमदत्त नगरपालिकाले खरिद गरेको पिसिआर मेसिन संचालनका लागि भन्दै जिसस सदस्य पन्तले सानै रकम भएपनि राम्रो सन्देश दिन खोजेका छन् ।

ताजा समाचार