Sunday, September 25, 2022
गृहपृष्ठसमाचारएकै दिन पुनर्वास नगरका तीन स्थानमा बिओपी उद्घाटन

एकै दिन पुनर्वास नगरका तीन स्थानमा बिओपी उद्घाटन

अर्जुन सिह कञ्चनपुर, ४ कार्तिक

भारतसंग सीमा जोडिएको कञ्चनपुरको पुनर्वास नगरपालिका क्षेत्रका तीन स्थानमा सशस्त्र प्रहरी बलले (बोर्डर आउट पोष्ट) स्थापना गरेको छ । सशस्त्र प्रहरीले एकैदिन पुनर्वास नगरका तीन स्थानमा सीमा सुरक्षा बल(बोर्डर आउट पोष्ट) उद्घाटन गरेको छ । सशस्त्र प्रहरी बल सुदूरपश्चिम प्रदेश प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशंकर बुढाथोकीले पुर्नवास नगरपालिका ४ आपताल, ११ डोकेबजार र ६ खड्डाकंगडमा स्थापना भएका बिओपीको उद्घाटन गरेका छन् । तीनै बिओपीको उद्घाटन गर्दै सशस्त्र प्रहरी नायब महानिरीक्षक बुढाथोकीले बिओपी मार्फत सीमा सुरक्षा, सीमा चोरी, तस्करी एव अपराध नियन्त्रण गरिने प्रतिबद्धता जाहेर गरे । ‘बजारमा बसेर सीमा सुरक्षा र अपराध रोकिदैन, ‘उनले भने, ‘मातृभूमिको रक्षा र सीमा अपराध रोक्नका लागि सीमामै उपस्थित हुनुपर्छ ।’ आँपताल (जहाँदेखि दक्षिण) सीमा सुरक्षार्थ नेपाली नागरिक गोबिन्द गौतम मारिएका थिए ।

 

त्यसयता सो क्षेत्रमा अस्थायी सशस्त्र प्रहरी बलको पोष्ट थियो । अहिले सो क्षेत्रमा स्थायी बिओपी स्थापना गरिएको छ । उक्त बिओपीको शहिद गोबिन्द गौतमका आमाबाबु खेमलाल गौतम र आमा हरिदेवी गौतम सहित प्रहरी नायब महानिरीक्षक बुढाथोकिले गरेका थिए । शहिदका आमाबाबु खेमलाल र हरिदेवीले छोराको सीमा सुरक्षा गर्ने धोका सशस्त्र प्रहरीले गर्नुपर्नेमा बताए । पुनर्वासका थपिएका तीन बिओपीसंगै हालसम्म ६ बिओपी भएका छन् । यस अघि विचफाँटा र दोदापुलमा बिओपी स्थापना गरिएका थिए । सीमा अतिक्रमण विवादसंगै चोरी तस्करी, सीमा अपराध मानव बेचबिखन एव अवैध गतिबिधी हुने पुनर्वास सीमा क्षेत्रमा सशस्त्र प्रहरीले उपस्थिति बढाएसंगै सीमा सुरक्षा र अपराध न्यूनिकरण हुने अपेक्षा गरिएको छ ।

 

पुनर्वास नगरपालिका ४ का वडाध्यक्ष प्रेम बस्नेतले सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको उपस्थितिसंगै सकृयता हुनुपर्नेमा जोडदिए । ‘पहिले पुनर्वासमा सशस्त्र प्रहरीका एक पनि बिओपी थिएनन, ‘अध्यक्ष बस्नेतले भने, ‘अहिले ६ बिओपी भएका छन्, केही थप्नुपर्छ ।’ सीमामा सुरक्षाकर्मी नहुँदा गोबिन्दले ज्यान गुमाउनुपर्ने बाध्यता रहेको बताउदै उनले बिओपी गैर कानुनी गतिबिधीमा सकृय हुनुपर्ने सुझाव दिए । पुनर्वास नगर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण तामाङ्गले सीमा क्षेत्रमा बिओपी स्थापनासंगै नागरिक सुरक्षित र मातृभूमिको सुरक्षा हुने अपेक्षा राखे । उनले बिओपी मार्फत तस्कर तह लाग्ने बताए । ‘सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको उपस्थिति बढेसंगै तस्कर तनावमा हुनेछन, ‘उनले भने, ‘समाजसेवी खुसी हुनेछन् । सीमा क्षेत्रमा उपस्थिति बृद्धिसंगै तस्कर तह लगाउनुपर्ने स्थानीयको सुझाव छ । सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति बिरेन्द्र ऐरले सरकारको सीमा सुरक्षाका लागि योजना अनुरुप कञ्चनपुरमा समेत बिओपी विस्तार भएको बताए । उनका अनुसार अन्य सीमा क्षेत्रमा थप बिओपी विस्तार हुनेछन् । यस अघि कञ्चनपुरमा ११ बिओपी स्थापना भईसकेका छन् ।

ताजा समाचार