Thursday, August 18, 2022
गृहपृष्ठमुख्य समाचारबेलडाँडीमा बाबुछोरालाई कोरोना

बेलडाँडीमा बाबुछोरालाई कोरोना

विकास सिह महता                                            कञ्चनपुरको बेलडाँडीमा बाबुछोरामा कोरोना देखिएको छ । बेलडाँडी गाँउपालिका ४ का दुई जना पुरुषमा कोरोना देखिएको हो ।
सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ६६बर्षिया बृद्ध र उनका ४० बर्षिया छोरामा कोरोना देखिएको बेलडाँडी गाँउपालिका स्वास्थ्य शाखाले जनाएको छ ।स्वास्थ्य शाखाका प्रमुख माधवानन्द भट्टले कोरोना देखिएका दुवै बाबुछोराको आईलेशनमा राखिएको बताए । उनीहरुको अवस्था समान्य रहेको छ । आइतबार बेलडाँडीका बाबुछोरासंगै १० जनामा कोरोना देखिएको छ । शनिबार कञ्चनपुरमा ९ जनामा कोरोना देखिएको छ । बेलौरी, भीमदत्त, पुर्नवास सहितका स्थानीय तहका नागरिकमा कोरोना देखिएको हो । कोरोना देखिएका बेलौरीका २६ बर्षिया युवकको सेती प्रादेशिक अस्पतालको आईसोलेशनमा उपचार भईरहेको बेलौरी नगरपालिका कोडिभ १९संयोजक मान बहादुर चन्दले बताए । संयोजक चन्दले मौषम परिर्वतनसंगै रुघाखोकी लाग्ने स्वास्थप्रति सचेत नभए कोरोना खोखिम बढ्ने बताए ।

ताजा समाचार