Tuesday, August 16, 2022
गृहपृष्ठस्थानिय समाचारबेलडाँडी कांग्रेस निकट युवाहरुद्धारा पहिलो पटक रक्तदान कार्यक्रम, २७ जनाले गरे दान

बेलडाँडी कांग्रेस निकट युवाहरुद्धारा पहिलो पटक रक्तदान कार्यक्रम, २७ जनाले गरे दान

बेलडाँडी,

रक्तदान जीवनदान” भन्ने मुल नाराका साथ बेलडाँडीमा आज नेपाली काँग्रेस समर्थक युवाहरुद्धारा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । युवाहरुले आयोजना गरेको रक्तादान कार्यक्रममा २७ जनाले रक्तदान गरेको कांग्रेस समर्थक युवा नेता सचिन कठायतले जानकारी गराउनु भयो । उहाँका अनुसार गुरुकुल एकेडेमीको प्राङगणमा काग्रेस समर्थक युवाहरुद्धारा आयोजना र नेपाल रेडक्रस सोसाईटीको समन्वयमा रक्तदान गर्ने कार्यक्रमको आयोजना गरिएको बताए ।

बेलडाँडीमा यस्तो युवाहरुद्धारा पहिलो कार्यक्रम भएको कांग्रेस निकटका युवाहरुले बताएका छन् । यस्तै कार्यक्रम आगामी दिनमा समेत गर्ने भन्दै युवाहरुले स्थानीय विकास देखि सामाजिक कार्यक्रममा अग्रसर हुनुपर्ने जनाइएको छ । रक्तदान कार्यक्रमले दान मात्र नभएर सदभाव समेत ल्याउने जनाइएको छ ।

उक्त कार्यक्रमको सभापतित्व युवा नेता सचिन कठायतले गर्नु भएको थियो भने प्रमुख अतिथि नेपाली कांग्रेसका नेता गोपाल गुरुङ रहेका थिए । गोकण जोशीले संचालन गरेको कार्यक्रममा स्वागत मनतब्य तरुण दल क्षेत्रिय अध्यक्ष पुष्पकमल पण्डितले राख्नु भएको थियो ।

ताजा समाचार