Wednesday, August 10, 2022
गृहपृष्ठमुख्य समाचारबेलडाँडी प्राथामिक स्वास्थ्य केन्द्रका एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, तीन दिनका लागि...

बेलडाँडी प्राथामिक स्वास्थ्य केन्द्रका एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, तीन दिनका लागि आकस्मिक सेवा बाहेक सबै सेवा बन्द

कञ्चनपुर,
बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रका एक जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । कोरोना पोजेटिभ देखिए पछि बेलडाँडी प्राथामिक स्वास्थ्य केन्द्र ३ दिनका लागि आकस्मिक सेवा बाहेक सबै सेवा बन्द गरिएको छ ।

बेलडाँडी प्राथामिक स्वास्थ्य केन्द्रकै स्वास्थ्यकर्मीमा कोरोना देखिए पछि बेलडाँडीले सावधानी अपनाउदै २२ गते सम्म आकस्मिक सेवा बाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको बेलडाँडी गाउँपालिका २ का अध्यक्ष तथा स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष प्रेमराज खातीले जानकारी गराउनु भयो । वहाँका अनुसार अहिले वहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जनाए । अहिले तत्काल बेलडाँडीमा ४ जनामा कोरोना संक्रमण रहेको जनाइएको छ । यो भन्दा पहिलाका तीन जनामा देखिएको थियो वहाँहरुमा समेत कुनै लक्ष्यण नदेखिदा भोली होम क्वारेन्टाइन पठाउने तयारी समेत रहेको छ । कोरोना संक्रमण बढ्दै गएपछि नागरिकहरुमा डर त्रास समेत हट्दै गएको छ ।

ताजा समाचार