Monday, December 5, 2022
गृहपृष्ठमुख्य समाचारबेलौरी स्थित वाणिज्य बैंकका कर्मचारीलाई पनि कोरोना

बेलौरी स्थित वाणिज्य बैंकका कर्मचारीलाई पनि कोरोना

विकास सिह महता
कञ्चनपुरको बेलौरी नगरपालिका ४ बजार स्थित राष्ट्रिय वाणिज्य बंैंकका कार्यरत दुई कर्मचारीलाई कोरोना देखिएको छ ।
गत साता वाणिज्य बंैंक संगै जोडिएको बैक आफ काठमाण्डौँमा कार्यरत एक कर्मचारीमा कोरोना देखिएपछि वाणिज्य बैंक सहित दुवै बैंकका कर्मचारीको कोरोना परीक्षणका लागि स्वाब नमुना संकलन गरिएको थियो ।
५४ र ५६ बर्षिया दुई पुरुष कर्मचारीमा कोरोना देखिएको बेलौरी नगरपालिका कोडिभ संयोजक मान बहादुर चन्दले बताए । संयोजक चन्दका अनुसार वाणिज्य बैंकका १० र बैंक काठमाण्डौँका ९ कर्मचारीको गत साता स्वाब नमुना संकलन गरिएको थियो । कोरोना संक्रमण जोखिम बढेको भन्दै संयोजक चन्दले बाँच्नका लागि स्वास्थ्य सचेत रहन आग्रह गरे । बेलौरी नगरपालिकामा २, बेदकोट ४ र पुनर्वास नगरपालिका १ जनामा आइतबार कोरोना देखिएको छ ।

ताजा समाचार