Monday, December 5, 2022
गृहपृष्ठदैनिक गतिविधीबेलडाँडी बालिका बलात्कार प्रकरणः छ जना पक्राउ दुई जना फरार

बेलडाँडी बालिका बलात्कार प्रकरणः छ जना पक्राउ दुई जना फरार

बेलडाँडी,
जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा भदौं १४ गते देखि १९ गते ५ दिन सम्म बलात्कारको आरोपमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बेलौरी रिछा घर भएकी १४ बर्षीया बालिका बेलडाँडी मामाघर बस्दैआएकी थिइन बालिकालाई विहे गर्छु भन्दै बालिकाका प्रेमी भनिने सुरज साउदले विहेगर्ने बहानामा बोलाएर चवन्नी बजारको एक कस्मेटिक पसलमा नसालु पदार्थखुवाई बेहोस बनाएर बलात्कार गरेको आरोपमा पिडितले ६ जनाका नाममा किटानी जाहेरी दिए पछि सबै जना फराए रहेका थिए ।

प्रहरीको सकृयतामा जिल्लाका विभिन्न ठाउँबाट १ जना प्रहरी सहित ६ जना पक्राउ गरेको कञ्चनपुर प्रहरी प्रवक्ता अम्मर बहादुर थापाले जानकारी गराउनु भयो । उहाँका अनुसार मनमोहन साउद, सुरज साउद, प्रकाश बिष्ट, लक्ष्मीराज गिरी, नरेन्द्र बिष्ट र एक जना बेलडाँडी इलाका प्रहरी कार्यालयमा कार्यरत रोहित रोकायालाई पक्राउ गरेको र दुई जना दिपक भट्ट र मनोज बिष्ट फरार रहेको जानकारी गराउनु भयो । आफुहरुले घटनाको पुरै मिसाइल अदालत बुझाइसकेको बताए ।

घटनाको सत्यतथ्य छानविन भई दोषीलाई कडा कारवाहीको माग विभिन्न संघ संगठनले गर्दै आएका छन् । दलित अधिकारकर्मीहरुले बालिका दलित भएकै कारण सामुहिक बलात्कार भएको जिकिर गरेका छन् । बालिकालाई अचेत हुने औषधी खुवाएर बयान गलत दिए मारी दिने धम्की दिए पछि बालिकाले प्रहरी बेलडाँडीका अगुवाहरु संग आफु सुरक्षित भएको आफुलाई कसैले बलात्कार नगरेको बयान दिए पछि दोस्रो दिन आफुलाई होस् आए पछि आफ्नो मामालाई रुदै आफुलाई बलात्कार गरेको सबै कुरा भने पछि पिडित बालिकाका मामाले संघसंस्थालाई गुहारमागेर न्याय खोज्न लागेको जनाइएको छ ।

स्थानियका अनुसार घटनाको सत्यतथ्य छानविन भई दोषीलाई कडा भन्दा कडा कारवाहीको माग गरेका छन् । धेरै जसोले यो घटनाले निर्मला पन्तको घटना जस्तो रुपलिएको समेत जिकिर गरेका छन् । निर्मला पन्त मारिएकी थिइन भने यी बालिका अचेत अवस्थामा जिउदो लास जस्तै भेटिएकी थिइन ।

ताजा समाचार