Monday, August 8, 2022
गृहपृष्ठमुख्य समाचारपुनर्वास ९ को वडा भवन निर्माण प्रकरणः दोषीलाई कारबाही गरेर निर्माण कार्य...

पुनर्वास ९ को वडा भवन निर्माण प्रकरणः दोषीलाई कारबाही गरेर निर्माण कार्य पुनः सुचारु हुँदै

लाल व एसके/पुनर्वास
कञ्चनपुरको पुनर्वास नगरपालिका ९ को वडा भवन निर्माणमा कमसल ईट्टा प्रयोग गर्ने निर्माण कम्पनीलाई नगरपालिकाले कारवाही गर्ने भएको छ ।
रश्मि बिल्डर्श कम्पनीले निर्माणको जिम्मा पाए पछि कमलसल काम गर्नथालेपछि स्थानीयले विरोध गरेपछि नगरपालिकाको ध्यानाक्रषण भएको र कमसल खालका इटाको प्रयोग भएको प्रमाणित भए पछि नगरपालिकाले निर्माण कम्पनी र सो निर्माण कार्यमा संलग्नलाई कारवाही गर्ने भए पछि निर्माण कार्य पुनः शुरुभएको नगरपालिकाले जनाएको छ ।

वडा कार्यालय निर्माणका लागि नगरपालिकाले बनाएकोे लागत स्टिमेट १ करोड ३२ लाख ६ हजार अन्ठाउन रुपैयाँ रहेको र ८९ लाख ५२ हजार ४७ रुपैया बिलोमा २०७८ अषाढ १५ गतेभित्र सम्पन्न गर्ने गरि भवन निर्माणको जिम्मा पाएको भिनपा–६, स्थित रश्मी विल्डर्स प्रा.लि.ले ठेक्का पाएको थियो ।
स्थलगत अनुगमन र अन्य विभिन्न तथ्यका आधारमा प्रा.लिले ध्यान नदिएर काम गर्दा गल्ती गरेको देखीएको बताउदै नगरपालिकाले कार्वाही गर्न लागेको नगर प्रमुख जीवन राज थापाले बताउनु भयो । नगर प्रमुख थापाले अहिले सम्म लगाएको सबै भित्ता भत्काईने र पुनः प्रा.लिलाई निर्माण गर्न लगाउने तथा यसको लागि पुरै खर्च प्रा.लि आफैले ब्यहोर्ने गरि कार्वाही गरिएको बताउनु भएको छ । साथै उहाँले अब वडाले निरन्तर निगरानीका लागि एक जना मान्छे राख्ने तर प्राबिधिकको त्यसमा संलग्नता देखिएमा निर्माणको कुनै पनि जिम्मा नदिई कार्यालय तान्ने गरि कार्वाही गरिने बताउनु भएको छ । स्थानीयको खबरदारीलाई धन्यवाद दिदै प्रमुख थापाले आगामी दिनमा पनि यसै प्रकारले खबरदारी गर्न आग्रह गर्नु भएको छ । उँहाले कुनै पनि अनियमितता आफुले स्वीकार नगर्ने बताउदै त्यस्तो पाईएमा तुरुन्त नगरपालिकाले कार्वाही गर्ने जिकिर गर्नु भयो ।

त्यस्तै वडा अध्यक्ष नारायण प्रसाद जैशीले स्थानीय सँगै आफै त्यहा प्रत्यक्ष गएर निर्माण कार्य रोकेको बताउदै खबरदारी गर्ने वडाबासिलाई धन्यवाद दिनु भएको छ । उँहाले कमसल इट्टाको प्रयोग गर्ने प्रा.लि लाई वडाको तर्फबाट कार्वाहीको माग गरेकोमा नगरपालिकाले तुरुन्त सुनुवाइ गरेकोले वडाबासीको लागि यो ठूलो उपलब्धि भएको बताउनु भयो । उँहाले अब वडाले २४ सै घण्टा प्रत्यक्ष निगरानी गरेर निर्माण कार्य अगाडि बढाउने पनि बताउनु भयो ।
यस प्रकरण मुछिएका नगरपालिकाका प्राबिधिक लालमान तामाङ सँग बुझ्दा २ चरण ईट्टा झर्दा सम्म राम्रै ईट्टा आएको देखेको र बाकी ईट्टा पनि सोहि अनुसारको आउने बिश्वासका कारण आफुले धोका खाएको बताउनु भयो । उँहाले आफूले भवन निर्माण मापदण्ड अनुरुप बनाउन प्राबिधिकको रुपमा खटिदा खटिदै पछिल्लो पटक ईट्टा खसाल्दा कार्य ब्यस्तताले आफू जान नपाएकोले ईट्टा राम्रै होला भनेर फोन बाट निर्देशन दिदा गल्ती भएको स्वीकार गर्नु भएको छ
तर रश्मी विल्डर्स प्रा.लि.ले भने स्थानीयहरुको आफ्नै किचलोका कारण प्रा.लिलाई दोष लगाएको बताएका छन् । प्रा.लिले आफुले मापदण्ड र नियम अनुसार नै काम गरेकोमा बिबिध कारण बस प्रा.लिलाई आक्षेप लगेको बताएको छ । प्रा.लिले ईट्टा कमसल हो कि होईन सुनिश्चित गर्न प्रयोगशाला मा चेक गर्नु पर्ने समेत माग गरेको छ । आम मानिसले प्रत्यक्ष रुपमा देखेका छन ईट्टा कमसल नै प्रयोग भएकोछ भनेर नगरपालिका समेतले स्वीकार गरिसक्यो भन्ने प्रश्नमा प्रा.लिले केही ईट्टा हाल्दा गल्तीले परेको स्वीकार गर्दै सबै ईट्टा कमसल भनेर भन्नु दुःखद भएको बताएको छ ।
त्यसरी आकाश ईट्टा उद्योगका संचालक दिनेश बि.कले ट्राली सिधै चिम्नी भित्र लगेर ईट्टा हाल्दा केही ईट्टा प्ररेको हुनसक्ने भन्दै गल्ती स्वीकार गरेका छन । उनले नियतबस त्यस्तो नभएको बताउदै सिधै चिम्नी बाट हाल्दा ईट्टा नछानेको कारण त्यस्तो भएको स्पष्ट पारेका छन ।

निर्माणाधीन भवनमा कमसल ईट्टा प्रयोग गरेको देखेपछी स्थानीयले ठेकेदारलाई कार्वाही गर्नुपर्ने माग गर्दै निर्माण कार्य अबरुद्ध गरेका स्थानीयले भने दोषीलाई कार्वाही गरि यथाशीघ्र काम शुरु गर्न माग गरेका छन ।

ताजा समाचार