Thursday, August 18, 2022
गृहपृष्ठमुख्य समाचारबेलौरी सीमाका सशस्त्र प्रहरीले तस्करी नदेखेपछि तस्कर तह लगाउँदै नेपाल प्रहरी

बेलौरी सीमाका सशस्त्र प्रहरीले तस्करी नदेखेपछि तस्कर तह लगाउँदै नेपाल प्रहरी

विकास सिह महता

कञ्चनपुरको बेलौरी नगरपालिका क्षेत्रका खुला सीमा नाकाबाट तस्करी अझै रोकिएको छैन् । भारतसंग जोडिएका स्थानमा सरकारले हालसम्म सीमा सुरक्षा चोरी तस्करी नियन्त्रणका लागि चार बिओपी स्थापना गरेको छ । बेलौरी नगरपालिका २, ६, ८, १० वडामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट छन् ।

कोरोना रोकथामका लागि बिओपीसंगै ठाँउठाँउमा अस्थायी टहरा बनाएर सशस्त्र प्रहरीले रातदिन टियूटी दिन्छन् । सीमा क्षेत्रमा अधिक सशस्त्र प्रहरीको उपस्थिति नभएपछि विगतको तुलनामा सशस्त्र प्रहरीको उपस्थिति बाक्लो छ । तस्करका नाका सीमित हुँदा पनि सीमाबाट आएको समान सशस्त्र प्रहरीको फन्दामा नपरी सीमा वारी रहेका सशस्त्र प्रहरीको फन्दामा परिरहेको छ । भारतबाट चोरी तस्करी गरेको समान सीमाबाट पार गर्दै बेलौरी नगरपालिका १० सडकघाट गाँउमा पु¥याउँदा नेपाल प्रहरीले उक्त समान बरामद गरेको छ ।

‘सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलका बिओपी छन, ‘एक स्थानीयले भने, ‘फेरी २४सै घण्टा सीमामा डियूटी छ, कसरी भारतबाट माल समान तस्करी भईरहेको छ ।’ स्थानीयका अनुसार सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरीले तस्करबाट लाईन खाने र प्रहरीलाई नदिदा समात्ने गरेका छन् । तर, यस विषयमा सशस्त्र प्रहरी र प्रहरीले लाईन नखाएको वाईयात विषय भनिरहेका छन् । सशस्त्र प्रहरीले तस्करी नदेखेको लुकिछिपी ल्याएको र प्रहरीले तस्करलाई देखेपछि समातेको बताउँदै आएका छन् ।

लाईन भन्दा पनि अवैध गैर कानुनी काम भएको प्रहरीले जनाएको छ । तर, स्थानीयले पहिलो सीमा मुल ढोकामै सशस्त्र प्रहरी हुँदा पनि प्रहरीले समान समात्ने विषयमा आश्र्चयता प्रकट गरेका छन् । जिल्ला पहरी कार्यालय कञ्चनपुरका अनुसार भुडा क्षेत्रबाट पानी तान्ने मोटर , नट बोल्ट ,लगायत हार्डवयरका समान झुम्का, सुपर पावर तम्बाकु ,बिडी ,चिनि लगायत ६७ हजार ६ सय ८० रुपैया बराबरका अवैध समान बरामद गरि भन्सार बुझाएको छ ।

ताजा समाचार