Wednesday, August 10, 2022
गृहपृष्ठदैनिक गतिविधीजंगली हात्तीले किसानको पाकेको बाली सखाप

जंगली हात्तीले किसानको पाकेको बाली सखाप

बेलडाँडी,
जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा हात्तीले किसानको पाकेको धान, उखु बाली खाएर नाश पारेको छ ।
बेलडाँडी वडा नं.२ का किसानहरुको खेतमा हिजो राती १७,१८ को संख्यामा रहेको हात्तीको झुण्डले धान, उखुबारी खाएर नाश पारेको पिडित किसानहरुले बताएका छन् ।

वडा नं.२ बस्ने किसान गणेश रानाक्षेत्रीले एक विघामा लगाएको उखुबारीमा राती हात्तीको झुण्ड पसेर उखु खाइ कुल्ची नाश पारेको बताए । राती १ बजेको समयमा बारीमा पसेको हात्तीको बथानले उखुको सत्यानाश गरेको बताए । आफुहरुले हात्ती बारीमा पसेको हात्ती भगाउन गुहार माग्दा समेत सम्वन्धित निकाय जिम्मेवार नबनिदिदा धेरै नोक्सान भएको किसानहरुको भनाई छ ।
यस्तै अर्का किसान बसन्त बुढाले १० कट्टामा लगाएको धान काट्ने तयारी भएकै बेला हात्तीले केहि खाएर केहि कुल्चेर सखाप पारीदिएको बताए । बर्ष भरी मेहिनेत गरेर फलाको बाली भित्र्याउने बेला नोक्सान गरिदिदा आफुहरु भोकमरीमा पर्ने चिन्ता गर्दै सम्वन्धित निकायमा गुहार मागेको बताए ।

किसानले घाम पानी नभनी दुःख गरी गरेको खेती काट्न नपाउदा कति चिन्ता हुन्छ होला सबैले बुझ्न जरुरी रहेको सरोकारवालाहरुको भनाइ छ । बेलडाँडीका किसानहरुले भने आफुहरुले खेती गर्नु भनेको खुकुरीको धारमा हिड्नु सरह भएको बताए । कहिले बदेल, चितल, बादर, निकुञ्जका विभिन्न प्रजातिका चराचुरुङ्गीहरुले समेत खेतीबाली गर्नमा निकै असर पुर्याएको बताए । बर्षौ पिच्छे निकुञ्जले निकञ्ज किनारका बस्तीहरुलाई राहतका कार्यक्रम ल्याए पनि त्यो कार्यक्रमले किसानलाई कुनै फाइदा नभएको बताए । कहिले तारजालीको नामले यहाँका ठुलाबडाहरुले मनपरी गर्ने गरेको प्रति किसानहरु आक्रोस पोख्दै भने निकुञ्जले र स्थानीय सरकारले निकुञ्ज किनारका बस्तीहरुलाई जंगली जनावरबाट किसानको बालीनाली बच्ने लगायतका कार्यक्रम ल्याउनुु पर्नेमाग गरे ।

ताजा समाचार