Monday, August 8, 2022
गृहपृष्ठदैनिक गतिविधीबैकल्पिक शिक्षा बारे लालझाडीमा छलफल

बैकल्पिक शिक्षा बारे लालझाडीमा छलफल

कञ्चनपुर,
कञ्चनपुरको लालझाडी गाँउपालिकाले वैकल्पिक शिक्षा बारे सरोकावालासंग छलफल गरेको छ । कोरोना महामारीका बेला शैक्षिक क्षेत्र धरासायी बनेका बेला गाँउपालिकाले वैकल्पिक शिक्षाबारे छलफल गरेको हो ।

बिहीबार चाँन्देवमा वैकल्पिक शिक्षा बारे छलफल गरिएको शिक्षा शाखा प्रमुख सिद्धराज भट्टले बताए । उनका अनुसार केन्द्रको निर्देशक अनुसार पाठ्यक्रम परिमार्जन गरि विभिन्न बिकल्प अवलम्बन गर्दै पढाइ सहजिकरण गर्ने उद्देश्यले गाउँपालिकाले पाठ्यक्रम सन्दर्भ सामग्री बनाउन लागेको बताए ।

गाउपालिका भित्रको दरबन्दी मिलान , हरेक विद्यालय हाता भित्र साबुन पानी सहितको हात धुने कक्षको ब्यवस्थापन, पाठ्यक्रमको ढाचा परिवर्तन सहितको सन्दर्भ सामग्रीको छलफल गरिएको थियो ।

लालझाडी गाँउपालिका प्रमुख मदन सेन बडायकले शिक्षा क्षेत्र महामारीका बेला धरासायी बनेको बताए । धरासायी बनेको शिक्षा क्षेत्रले माथि उस्कास्नका लागि सबै क्षेत्रको साथ सहयोग अपरिहार्य रहेको बताए । कार्यक्रममा वातावरण र शिक्षा सम्बन्धमा वातावरण विज्ञानका विद्यार्थी भोजराज भट्टले प्रस्तुती पनि राख्नुभएको थियो । लालझाडी गाँउपालिका अध्यक्ष फुलाराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षासंग सम्बन्धीत पक्षको सहभागिता रहेको थियो ।

 

ताजा समाचार