Wednesday, August 10, 2022
गृहपृष्ठदैनिक गतिविधीबझाङमा २५ किलो लागुऔषध (चरेश) सहित दुई जना पक्राउ

बझाङमा २५ किलो लागुऔषध (चरेश) सहित दुई जना पक्राउ

प्रदिप मलासी/बझाङ्ग
बझाङमा प्रहरीले २५ किलो लागुऔषध (चरेश) सहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले बिहिवार जिल्लाको वित्थडचिर गाउँपालिका वडा नँ २ लिम भन्ने स्थानमा लुकार्इ छिपाई राखेको अवस्थामा पक्राउ गरेको हो
पक्राउ पर्नेमा जिल्लाको बुङ्गल नगरपालिका वडा नँ २ का २५ वर्षीय धन बहादुर धामी सोहि वडाका २८ वर्षीय धन बहादुर धामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
सुदूरपश्चिम प्रहरी अनुसन्धान समूह (आरआइटी) बाट प्रहरी नायव निरीक्षक केशव जोशीको कमाण्डमा खटिएको टोलीले सुराकीको आधारमा प्लाष्टिकमा बेरेर कपडाको भारी बोक्ने बनाई चरेश बोकेर बुङ्गलबाट वित्थडतर्फ गइरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी लोकेन्द्र सिह कार्कीले बताउनुभयो ।
पक्राउ परेका दुबैजनालाई अहिले प्रहरी चौकी वित्थडचिरमा राखिएको छ । उनीहरुमाथी थप अनुसन्धान भइरहेको जिल्ला पप्रहरी कार्यालय बझाङले जनाएको छ ।

ताजा समाचार