Monday, December 5, 2022
गृहपृष्ठस्थानिय समाचारबेलडाँडी बलात्कार प्रकरण ः बालिकाका प्रेमी भनिने सुरज साउद बेलौरीबाट पक्राउ

बेलडाँडी बलात्कार प्रकरण ः बालिकाका प्रेमी भनिने सुरज साउद बेलौरीबाट पक्राउ

बेलडाँडी,

बेलडाँडी गाउँपालिकामा गत महिनाको १४ गते देखि १९ गते सम्म बन्धक बनाएर सामुहिक बलात्कार भएकी बालिकाका प्रेमी सुरज साउद पक्राउ परेका छन् ।
बलात्कारको मुख्य आरोप लागेका सुरज साउदलाई बेलडाँडी प्रहरीले सुरागीको आधारमा बेलौरीबाट पक्रिन सफल भएको हो । २१ गते देखि फरार रहेको सुरज साउद लगायत ६ जनाले सामुहिक बलात्कार गरेको पिडित बालिकाले प्रहरीमा उजुरी दिए पछि बलात्कार आरोप लागेका साउद लगायत ४ जना फरार रहेका थिए ।
फरार रहेको साउदलाई बेलडाँडी प्रहरी प्रमुख राजेन्द्र बहादुर सिंहको टोलीले बेलौरी बाट पक्राउ गरेर ल्याइ जिल्ला पठाइसकेको सिंहले जानकारी गराए । अन्य थप फरार अभियुत्तको खोजी कार्य भइरहेको छ ।

 

ताजा समाचार