लाल ब. एस.के.
जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकामा दुईजना ब्राउनसुगर सहित पक्राउ परेका छन् ।
हिजो राती करिब १२ बजेको समयमा जिल्ला प्रहरी कार्यालयको सिभिल टोली र इलाका प्रहरी कार्यालयको गस्ती टोलीले बेलौरी नगरपालिका ४ शान्ती टोल चोकबाट दुईजना युवा पक्राउ परेका हुन् ।
भारतीय मोटरसाइकल युपी ३१ एजेड ३८१९ नंं को प्रयोग गरेका बेलौरी ४ बस्ने ३० बर्षका शेर बहादुर चन्द र बर्ष ३४ का मनोज बिष्टबाट अन्दाजी २० ग्राम ब्राउन सुगर पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पछिल्लो समयमा कञ्चनपुरको दक्षिणी क्षेत्र ब्राउन सुगरको आखडा बन्दै गएको छ । प्रहरीको सकृयतामा ब्राउन सुगर धमाधम पक्राउ पर्न थालेको जनाइएको छ । बेलौरी पुनर्वास र बेलडाँडीको खुल्ला नाका हुदै पछिल्लो समयमा सुदूरपश्चिमा सबैठाउमा जानेगरेको श्रोतले जनाएको छ । प्रहरीले गस्ती बढाए पछि उक्त सामग्री पक्राउ पर्न थालेको स्थानीयको भनाइ छ । यसलाई नियन्त्रण गर्न स्थानीयहरुले भने यनिहरुको खुट्टामा गोली हान्नु पर्ने बताए ।

