Thursday, August 18, 2022
गृहपृष्ठदैनिक गतिविधीबेलडाँडी बालिका बलात्कार प्रकरण : पक्राउ परेका साउदले प्रहरी समक्ष स्वीकारे यौन...

बेलडाँडी बालिका बलात्कार प्रकरण : पक्राउ परेका साउदले प्रहरी समक्ष स्वीकारे यौन गरेको, कस्मेटीक पसलमा बन्धक बनाएर ६ जना भन्दा बढीले बलात्कार गरेको जाहेरी दर्ता

बेलडाँडी,
जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा १४ गते देखि १९ गते राती सम्म घरपरिवारको सम्पर्कमा नआएकी १४ बर्षिया बालिका माथी सामुहिक बलात्कार भएको भन्दै पिडित पक्षले केहि व्याक्तिहरुको नाममा ठाडो किटानी जाहेरी दिदा बेलडाँडीका एक युवा पक्राउ परेका छन् भने आज थप जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन् ।

बेलडाँडी वडा नं.२ बस्ने बर्ष २८ का मनमोहन सिह साउदलाई किटानीको आधारमा पक्राउ गरी प्रहरीको प्रारम्भिक अनुसन्धान गर्दा उक्त बालिका संग समहतीमै यौंन सम्पर्क गरेको प्रहरी समक्ष स्वीकार गरेका छन् ।
आरोपीको बयान अनुसार आफुले एक्लै बालिका संग सहमतीमा यौंन सम्पर्क गरेको स्वीकार गरेका हुन् । यसै १४ गते देखि १९ गते सम्म परिवारको सम्पर्कमा बालिका नआए पछि बालिकाका मामाले भान्जी हराएकी भनि १९ गते राती प्रहरीलाई खोजिदिन भनि जानकारी गराए पछि प्रहरीले सुरज साउदलाई नियन्त्रणमा लिएर खोज्न जादा बालिका र पक्राउ परेका साउद आरामिलमा फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालयमा भान्जी खोजिदन भनेर दिएको निवेदनका आधारमा प्रहरीले खोजेर ल्याइ ति तिनै जनाको मा.प.से. चेक समेत गरेको र भोली पल्ट आफन्तहरुलाई बोलाई जिम्मा लगाइदिएको बताए ।
२० गते प्रहरी कार्यालयमा बेलडाँडीका महिला अधिकारकर्मी, दलित महिला अधिकारकर्मी, समाजसेवी, राजनितिककर्मीहरुले बालिकालाई कुनै समस्या भए भन हामी न्याय दिलाउछौं भन्दा, आफु सकुसल रहेको, आफुलाई कसैले केहि नगरेको, आफु बलात्कारको सिकार नभएको भन्ने बयान गरे पछि छलफलका आधारमा ती तिनै जनालाई छोडिदिने भनेपछि आफन्तको जिम्मा लगाइएको हो ।
बलात्कार भनेर उजुरीमा उल्लेख गरेको थिएन खोजिदिन भनेर उजुरी दिएको थियो सो आधारमा हामीले खोजी छलफल गरि स्वयम मामाले आफै बुझुलिएको बेलडाँडी प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेन्द्र सिंहले जानकारी गराउन भयो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा दिएको किटानी जाहेरीमा बेलडाँडी गाउँपालिका वडा नं.२ बस्ने बर्ष २१ को सुरज साउद, बर्ष ३५ को दिपक भट्ट, बर्ष २८ को मनमोहन साउद, बर्ष २३ को मनोज भट्ट, र इलाका प्रहरी कार्यालय कार्र्यरत प्रहरी जवान बर्ष ३२ को रोहित रोकाया समेत ५ जना आफुले चिनेको र १ जनाको नाम थाहा नभएको पिडित बालिकाले जाहेरीमा भनेकी छिन् । जाहेरीमा भनेकी छिन् चवन्नी वजारको दिपक भट्टको कस्मेटीक पसलमा बन्धक बनाएर बलात्कार गरेको बताइन । २० गते इलाका प्रहरी कार्यालयमा आफुले बयान दिदा आफुलाई ज्यान मार्ने धम्की आएको समेत उहाँले बताइन ।

घटनामा संलग्न दोषीहरुलाई कडा भन्दा कडा कारवाही हुनुपर्ने भन्दै दलित हकहधिकार संजालहरुले व्यापक माग गरेका छन् । दलित भएकै कारण यस्तो घटना हुन पुगेको वहाँहरुको भनाइ छ । गरिव असाहयलाई दमन हेप्न खोजेको, बन्धक बनाएर सामुहिक बलात्कार गरेको, बलात्कारमा संलग्न धेरै भएको समेत दावी गरेका छन् । बालिकालाई नसा खुवाई धेरैले बलात्कार गरेको आसंका गएिको छ । दोषीलाई हदैसम्मको कारवाही हुनुपर्ने उहाँहरुको भनाई छ भने स्थानीयका अनुसार १९ गते राती निवेदन दिने कारण के १४ गते हराएकी बालिकाको खोजी गर्नु भए त १४ गते नभए १५ गते नभए १६ गते निवेदन दिनु पर्ने किन १९ गते राती मात्र निवेदन दिएको बताए । बालिकाले आफै मलाई केहि गरेको छैैन् भन्ने बयान दिने र २ दिन पछि फेरी मलाई बलात्कार गरेको भन्ने उजुरी दिने प्रति पनि गहिरो अनुसन्धान हुनुपर्ने बताएका छन् ।

ताजा समाचार