बेलडाँडी,
जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा दैनिकी चोरीका घटनाहरु दिनप्रतिदिन बढ्दै गएका छन् । बेलडाँडी गाउँपालिकाको मुटु चवन्नी बजारमा दैनिकी चोरीका घटना भइरहेको छन् । चवन्नी वजारमा मोवाइल इलेक्ट्रोनिक पसल संचालन गरेका जनक राज जोशीको पसलमा गत बर्ष आजकै दिन र आज २३ गते पनि पसलको सटर तोडेर मोवाइल लगायतका इलेक्ट्रोनिक सामग्रीहरु चोरी भएको पसले जोशीले बताउनु भयो ।
उहाँका अनुसार गत बर्ष पनि आजकै दिन ५ लाख भन्दा बढीको चारी भएको र यो बर्ष पनि ४ लाख भन्दा बढीका मोवाइल लगायतका सामाग्री चोरी भएको बताए । जोशीले गहभरी आशु निकाल्दै भने चोरले आजकै दिन चोरी गर्ने गरेको प्रति आफ्नो पछाडी हात धोएर लागेको जनाउदै आफुहरुको लागि सधैका लागि भाद्र २३ गते कोलो दिन हुन पुगेको जनाए । हामीले पाचसात बर्ष लगाएर त्यती पैसा कमाएकै हुदैन चोरले बर्ष पिच्छे सटरै तोडेर रिण कर्ज गरेर ल्याएका सामग्री चोरीदिदा साहुको रिण कसरी तिर्ने भन्ने चिन्ताले पिरोलेको बताए । उनले आशु पच्छदै भने गत वर्ष चोरी भएका मोवाइलको आइएमी नं. दिएको तर २४ घण्टा भित्र पत्ता लागाउने चिज १ बर्ष हुदा समेत अहिले सम्म प्रहरीले पत्ता लगाउन नसक्दा प्रहरी प्रतिको विश्वास अव नभएको जनाए । प्रहरीले चोरलाई छोपी ल्याउछ आफ्नो क्षतिपुर्ती दिलाउन छ भन्ने आशै नभएको बताए । आज पनि प्रहरीले घटना स्थलको मुचुल्का उठाइ रहेको र चोरलाई समात्ने भए उठाउनुस् हैन भने त्यसै रन्दिनुस् जोशीले दुःखीतहुदै भने ।

बेलडाँडी इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख राजेन्द्र सिहले भने हामीले चोरलाई तुरुन्त समात्ते र गहिरो अनुसन्धान गर्ने बताए । आफुहरुले गस्ती बढाएको र चोरले हामीलाई झुक्याउ थालेको बताए । आफुहरुको टोलीले चवन्नी वजारमा मात्र डिउटी कडा गर्दा समेत आफुहरुले राउण्ड हान्दा सम्म चोरले चोरेर भागि सक्ने गरेको पाइएको देखिन्छ ।
उहाँका अनुसार स्थानीय बजार समिति, स्थानीय वासिन्दा, जनप्रतिनिधीहरुले समेत चोर समात्नमा सहयोग गरे अझै छिटो चोर समातिने बताए । गत वर्ष चोरी भएका मोवाइलको लागि फेरी आफुले माथी रिपोर्ट पठाइसको बताउदै छिट्टै पत्ता लगाउन सकिने जनाउनु भयो ।
यस्तै बेलडाँडीमा दिन प्रतिदिन चोरीका घटना बढ्न थालेपछि स्थानीय व्यापारी तर्सित बन्दै गएका छन् । यसरी सटरै तोडेर चोृरी हुन्छ भने कसरी आफुहरु सुरक्षित भएको बताए । धेरै जसो व्यापारीले बजारमा सडक बक्तीको व्यवस्था तुरुन्त हुनुपर्ने माग अघि सारेका छन् ।
