Monday, December 5, 2022
गृहपृष्ठराष्ट्रिय समाचारदोदामा माछा मार्ने क्रममा मरेका दुई बालिकाको अन्त्येष्टी दोदामै

दोदामा माछा मार्ने क्रममा मरेका दुई बालिकाको अन्त्येष्टी दोदामै

लाल एसके कञ्चनपुर, १५ भदौँ

कञ्चनपुरको दोदा नदीमा डुवेर मृत्यु भएका दुई बालिकाको अन्त्येष्टी दोदा नदीमै गरिएको छ । मंगलबार धार्मिक परम्परा अनुुसार दुवै बालिकाको अन्त्येष्टी गरिएको हो । सोमबार दिउँसो माछा मार्ने क्रममा लालझाडी गाँउपालिका २ कञ्जका १२ बर्षिया मोनिका राना र ११ बर्षिया सृष्टी रानाको मृत्यु भएको थियो । लालझाडी गाँउपालिका अध्यक्ष मदनसेन बडायक सहितका जनप्रतिनिधी नेता, स्थानीय आफन्तको सहभागिता रहेको थियो ।

मृतक मोनिका, सृष्टी र अर्की १४ बर्षियाका बालिका अनु राना माछा मार्नका लागि नदी गएको स्थानीय अमर सिह रानाले बताए । ‘तीनै बालिका माछा मार्ने क्रममा नुहाउँदा बगेका थिए, ‘अमरले भने, ‘तीन मध्ये एक जनाको स्थानीयले उद्दार गरे, बाँकी गर्न सकेनन् ।’ उद्दार गरिएकी बालिका बेहोस भएपनि उनको सेती प्रादेशिक अस्पतालमा उपचार हुन नसकेपछि कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको छ ।

लार्पबाहीका कारण दुई बालिकाको मृत्यु र अर्की बेहोर भएको स्थानीयको भनाई छ । कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले मृतक दुबै जना बालिकाको शव पोष्टमाष्टका लागि श्रीपुर प्राथमिक स्वाथ्य चौकी बेलौरीमा राखिएको बताए । उद्दार गरिएको बालिकाको सेतीमा उपचार भईरहेको बताउँदै प्रंवक्ता थापाले घटनाको अनुसन्धान भईरहेको बताए । माछा मार्न गएका बालिकाका घर परिवार, आफन्त शोकमा डुबेका छन् ।

ताजा समाचार