Friday, September 30, 2022
गृहपृष्ठसमाचारबार्षिकोत्सवको अवसरमा बृद्धआश्रममा फलफुल

बार्षिकोत्सवको अवसरमा बृद्धआश्रममा फलफुल

विकास सिह महता

कञ्चनपुरबाट प्रकासित हुने अपि टुडे नेपाली दैनिक पत्रिकाको बार्षिकोत्सव अवसरमा बृद्धआश्रममा फलफुल वितरण गरिएको छ । सोमबार रौटेल बैजनाथ बृद्धआश्रममा फलफुल तथा मिठाई वितरण गरिएको हो । पत्रिकाको बार्षिकोत्सवको अवसर पारेर जेष्ठ असाहय नागरिकलाई समाजिक सद्भावका लागि फलफुलका साथै मिठाई खाद्यान्न परिकार वितरण गरिएको अपि टुडेका प्रकासक शुरेश धामीले बताए । ९औँ बर्षमा प्रवेस गरेको अपि टुडेले यस क्षेत्रका समसामयिक विषय उठान गर्दै आएको छ ।

ताजा समाचार