Monday, December 5, 2022
गृहपृष्ठसमाचारसमुदायमा कोरोना देखियो

समुदायमा कोरोना देखियो

कञ्चनपुरमा कोरोना संक्रमण देखिएको पाँच महिनापछि समुदायमा कोरोना देखिन थालेको छ । कामका लागि भारत लगायत तेस्रो मुलुक गएर घर फर्किएका नागरिकमा देखिएको कोरेना समुदाय स्तरमा समेत देखिन थालेको हो ।
भारत लगायत तेस्रो मुलुकबाट फर्किने र कोरोना रोकथामका लागि फ्रन्ट लाईनमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीमा देखिएको कोरोना अब वित्तिय, गैर सरकारी संस्थामा कार्यरत कर्मचारी र सर्वसाधारणमा देखिन थालेको छ ।
भदौँ दोस्रो सातासम्ममा चार सुरक्षाकर्मी, सात स्वास्थ्यकर्मीमा कोरोना देखिएको छ । गत चैत्र ०७६ मा भारतबाट फर्किएका बेदकोट नगरपालिका १० चतहरीका ४१ बर्षिया ईन्द्र विकमा शुरुमा कोरोना देखिएको थियो ।

जेठ दोस्रो सातादेखि कञ्चनपुरका भारत र तेस्रो मुलुकबाट फर्किएका नागरिकमा कोरोना देखिन थालेको थियो ।
चैत्रदेखि साउन तेस्रो सातासम्म कञ्चनपुर समुदाय स्तरमा कोरोना देखिएको थिएन्, तर साउन अन्तिम साता शुक्लाफाँटा नगरपालिका १० झलारीको एक लघु बित्तमा कार्यरत कर्मचारीमा कोरोना देखिएको थियो । गत साउनमै भीमदत्त नगरपालिका १८ की एक गैर सरकारी संस्थामा कार्यरत ३८ बर्षिया महिलामा कोरोना देखिएको थियो ।
भदौँ पहिलो साता बेलडाँडी गाउँपालिका २ का ६० बर्षिया महिला र ६६ बर्षिया पुरुषमा कोरोना देखिएको छ । दुवै बृद्धबृद्धा श्रीमान श्रीमती हुन् । उनीहरु घरमै थिए । बृद्ध दाम्पतीका २५ बर्षिया गाँउले विदेशबाट साउन अन्तिम साता घर फर्किएका थिए । बेलडाँडी गाँउपालिका प्रवक्ता अमर खत्रीले विदेशबाट फर्किएका युवासंगै मदिरा सेवन गरेका ६६ बर्षिया बृद्धमा र उनकी श्रीमतीमा कोरोना देखिएको बताए । ‘विदेशबाट घर आएका युवकलाई ज्वँरो आएपछि हामीले उपचारका लागि धनगढी सेती प्रादेशिक अस्पतालमा पठाए, ‘प्रवक्ता खत्रीले भने, ‘युवकमा कोरोना देखियो, त्यसपछि हामीले उनको कन्ट्याक्ट हिस्ट्री अध्ययन ग¥यौँ ।’ संक्रमित युवकका घरमा पुरै सदस्यको कोरोना परीक्षण गर्दा कोरोना नदेखिएको बताउँदै प्रवक्ता खत्रीले बृद्ध दाम्पत्तीमा देखिएको बताए ।

‘हामीले बृद्ध दाम्पतीको पनि कन्ट्याक्ट ट्ेसिङ्ग गरेका छौँ, ‘प्रवक्ता खत्रीले भने, ‘परीक्षणका लागि ३५ जनाको स्वाब नमुना संलकन गरेर पठाएका छौँ ।’ पहिलो पटक बेलडाँडी समुदाय स्तरमा देखिएकाले वडा नै शिलबन्दी गरेको उनले बताए । ‘अहिले २ नम्बर वडा मात्रै शिलबन्दी गरेका छौँ, ‘प्रवक्ता खत्रीले भने, ‘अन्य वडाका समुदायमा देखिए त्यहाँपनि शिलबन्दी गछौँ ।’ लार्पबाहीका कारण समुदायमा कोरोना देखिन थालेको स्वास्थ्यकर्मीले बताएका छन् । बेलौरी नगरपालिका कोडिभ १९ संयोजक मान बहादुर चन्दले विदेशबाट आउनेमा मात्रै कोरोना देखिएका बेला उनीहरुलाई सीमा नाकाबाटै सिधै क्वारेन्टाईनमा राख्नुपर्ने बताए । ‘भारत लगायत तेस्रो मुलुकबाट जिल्ला प्रवेस गर्नेलाई उच्च स्वास्थ्य सुरक्षाका साथ सिधै क्वारेन्टाईनमा राख्नुपर्छ, ‘उनले भने, ‘होम क्वारेन्टाईन प्रभावकारी छैन्, होम क्वारेन्टाईनमा राखिएकाहरु बस्ने भन्दा बढि समाजमा घुमफिर गर्छन, कुनैमा देखिए उनको कन्याक्ट्रट गर्न जटिल हुन्छ ।’ समुदायका अन्य नागरिकले समेत भौतिक दुरी कायम गरेर स्वास्थ्य सुरक्षाका विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ । समुदायका कोरोना भित्रिन थालेपछि स्थानीय समेत त्रसित भएका छन् । कञ्चनपुरका हालसम्म ६ सय ७३मा कोरोना देखिएको छ, भने ६ सय ९ निको भईसकेका छन । ६४ जना विभिन्न अस्पताल र पालिकाले बनाएका आईलोलेशनमा बसेका छन् । कोरोनाबाट बाँच्नका लागि घरमै बस्ने र कमभन्दा कम मानिससंग सम्पर्क गर्ने सम्बन्धी पक्षबाट पटक पटक आग्रह, निर्देशन जारी हुँदा समेत वेवास्ता गरिएको छ ।

ताजा समाचार