Tuesday, August 16, 2022
गृहपृष्ठसमाचारदोदा नदीमा माछा मार्ने क्रममा २ बालिकाको मृत्यु र एकको उद्धार

दोदा नदीमा माछा मार्ने क्रममा २ बालिकाको मृत्यु र एकको उद्धार

खडक बहादुर कोली

कञ्चनपुरको दोदा नदीमा माछा मार्ने क्रममा २ जना बालिककोा नदीमा डुबेर मृत्यु भएको र एक जना बालिकाको उद्धार गरिएको छ । सोमबार लालझाडी गाउँपालिका वडा नं. २ कञ्ज बस्ने निष्ठा राना र मोनिका रानाको नदीमा डुबेर मृत्यु भएको हो भने सोही ठाउँ बस्ने अनन्य रानाको उद्धार गरिएको शंकरपुर ईलाका प्रहरी कार्यालयका ईन्चार्ज तिलक बहादुर सिंहले बताउनु भएको छ । उनले भने तीनै जना माछा मार्न गएका थिए । माछा मारिसकेपछि नुहाउने क्रममा पानीमा डुबेर २बालिकाको मृत्यु भएको र एक बालिकाको उद्धार गरिएको सिंहले बताए । उद्धार गरिएकी बालिकाको सेती अस्पतालमा रिफर गरिएको र वहाँको अवस्था सामान्य रहेको ईन्चार्ज सिंहले बताए । अभिभावकले बालबालिकाको हेरचाह गर्न नसक्दा उक्त घटना भएको ्रस्थानीयले बताउँछन् ।

ताजा समाचार