Saturday, December 3, 2022
गृहपृष्ठस्थानिय समाचारमहाकाली अस्पतालमा पहिलो पटक ‘आईसियू’सेवा संचालन जब महकाली अस्पतालमा कृष्णले नेतृत्वको पाए...

महाकाली अस्पतालमा पहिलो पटक ‘आईसियू’सेवा संचालन जब महकाली अस्पतालमा कृष्णले नेतृत्वको पाए अस्पताल सुधारोन्मुखतर्फ

विकास सिह महता/कञ्चनपुर
कञ्चनपुरको महाकाली अस्पतालमा पहलो पटक आईसियू सेवा संचालन भएको छ । अस्पताल स्थापनाको ५७ बर्षपछि अत्याधुनिक उपचार सघन कक्ष(आईसियू) सेवा संचालन भएको हो ।
आईसियू सेवा संचालनका लागि अहिले महाकाली अस्पतालमा ६ बेड सहितको भेन्टिलेटर जडान गरिएका छन । महाकाली अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. हरि कुमार श्रेष्ठले हाल ६ बेडको आईसियू सेवा संचालनमा आएको बताउदै १० बेड पु¥याईने बताए ।
‘चालु आर्थिक बर्षमै दुई करोड बजेट आएको छ, ‘उनले भने, ‘अब थप चार भेन्टिलेटर जडान गछौँ ।’ एक महिनाको अवघिमा ४३ जनाको आईसियूमा उपचार पछि निको भएर घर फर्किएका छन् । अहिले चार जनाको आईसियूमा राखेर उपचार भईरहेको छ । कोडिभ १९ का कारण सेवामा चुनौती थपिएको बताउदै उनले अस्पतालसंग भएको मौजुदा जनशक्तिबाट काम भईरहेको बताए ।
महाकाली अस्पतालले आईसियू संचालनसंगै थाईराईटको समेत नयाँ मेसिन शव बहान र आधुनिक एम्बुलेन्स ल्याएको छ । रगतका माध्यमबाट विभिन्न प्रकारका रोग पहिचानका लागि थाईराईट मेसिन ल्याएको हो ।
महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)ले अस्पताललाई प्रविधियुक्त बनाईने बताए । ‘लामो समयपछि हामी आईसियू सेवा संचालन गर्न सफल भएका छौँ, ‘उनले भने, ‘अस्पताल सुधारका लागि सबैको सहयोग अपरिहार्य छ ।’ अस्पताल सुधारकै लागि आफुले नेतृत्व लिएको बताउदै अपुग जनशक्ति उपकरण थप गरेर पनि अस्पताल सुधार गरिने बताए । आईसियू सेवा संचालन भएसंगै यस क्षेत्रका बिरामी लाभाविन्त हुने छन् । यस अघि आईसियू सेवा संचालन नहुँदा भारतीय अस्पताल र जिल्ला बाहिर उपचारका लागि जानुपर्ने बाध्यता थियो ।
भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले आईसियू संचालनसंगै यस क्षेत्रका नागरिकले पाँउने स्वास्थ्य सेवाा विस्तारमा जोडदिए । ‘अस्पतालको स्तरबृद्धिका हामी हरकदम भीमदत्त नगरपलिका सहयोग गर्न तयार छ, ‘उनले भने, ‘अस्पताललाई हामीले शिक्षण अस्पताल बनाउने लक्ष्य छ ।’ अस्पताल सुधारका लागि सबै क्षेत्रको आवश्यक अपरिहार्य रहेको समेत मेयर विष्टले बताए ।
आईसियू सेवा, थाईराईट मेसिन र आधुनिक एम्बुलेन्सको सोमबार उद्घाटन गर्दै प्रतिनिधी सभा सदस्य निरुदेवी पालले अस्पताल सुधारका लागि पहल थालिने बताईन् । बजेटका लागि भन्दा पनि ग्राउण्ड स्तरमा नागरिकलाई स्वास्थ्य सेवा दिन उनले आग्रह गर्दै आगामी दिनमा समेत आवश्यक सहयोगको प्रतिबद्धता जाहेर गरिन् । कञ्चनपुरका जनप्रतिनिधी, प्रदेश सभा सदस्य, राजनीतिक दलका प्रतिनिधीले अस्पताल सुधार अपरिहार्य भएको बताएका छन् । यस अघि अस्पतालमा बनेका व्यवस्थापन समिति कुनैपनि समितिले आईसियू संचालन गर्न नसकेको अस्पतालले जनाएको छ । एक बर्षयता अस्पतालमा कृष्णदत्त जोशी(बोक्सर) नेतृत्वको समितिका सदस्य कृष्णनन्द भट्ट(किरण), कौसिल्या ओझा(किरण), हरि कुमार चौधरी लगायतको व्यवस्थापन समिति आएसंगै अस्पताल सुधारोन्मुख भईरहेको छ । रिर्फर सेन्टरको रुपमा विकसित अस्पताल अहिले साच्चिकै अस्पतालको रुपमा विकसित भईरहेको नागरिक अगुवाको अनुभव छ । कोरोना महामारीसंगै अस्पतालले आधुनिक सेवा विस्तार गररेपछि बिरामी समेत हर्षित भएका छन् ।

ताजा समाचार