Tuesday, August 16, 2022
गृहपृष्ठहाईलाईट्सकार्बाही परेका र काम नगर्ने ठेकेदारलाई प्रदेश सरकारद्वारा थप दुई सडकको जिम्मा...

कार्बाही परेका र काम नगर्ने ठेकेदारलाई प्रदेश सरकारद्वारा थप दुई सडकको जिम्मा ‘ठेक्का लिएर विकास निर्माणमा बेथिति गर्ने ठेकेदारलाई प्रदेश सरकारले दया देखायो’

कञ्चनपुर,

ठेक्का हत्याउने तर, काम नगर्ने एक ठेकेदारलाई सुदूरपश्चिम प्रदेश सरकारले फेरी दुई सडकका ठेक्का दिलाएको छ । समयमै काम नगर्ने धनगढीका निर्माण व्यवसायी शुनिल थापाले संचालन गरेको सन्तोषि थेगिम गल्वा जेभीलाई प्रदेश सरकारले कञ्चनपुरमा दुई ठेक्का दिलाएको हो । चालु आर्थिक बर्ष २०७७/०७८ को शुरुवातमै सुदूरपश्चिम प्रदेश सरकार भौतिक पूर्वाधार तथा योजना मन्त्रालय मातहतको पुर्वाधार विकास कार्यालय कञ्चनपुरले निर्माण व्यवसायी थापाले संचालन गरेको कम्पनी सन्तोषि भेगिम गल्वा जेभीलाई ठेक्का जिम्मा लगाएको छ ।

पुर्वाधार विकास कार्यालयका अनुसार सन्तोषी थेगिम जेभी निर्माण कम्पनीले चालु आर्थिक बर्ष साउनमा बेलौरी–कलुवापुर–नायल बुडर सडकखण्ड अन्र्तरगत (बन्साहदेखि कलुवापुर–दोमिल्लासम्मको खण्ड) र बंक–पहरिया–दोमिल्ला सडकखण्ड अन्र्तरगत (बक–पहरिया खण्ड) कालोपत्रेका लागि ठेक्का पाएको छ । बन्साह–कलुवापुर दोमिल्लासम्म ९.१ किलोमिटर सडकखण्ड कालोपत्रेका लागि ११ करोड ६३ लाख र बंक–पहरियासम्म ७ किलोमिटर सडक कालोपत्रेका लागि ८ करोड २८ लाखमा सम्झौता गरेको छ । दुवै सडक २० साउन ०७७ देखि ३६ महिनामा सम्पन्न गरिसक्नुपर्ने सम्झौता गरिएको छ । सडक डिभिजन कार्यालय कञ्चनपुरबाट कार्बाही परेको र कञ्चनपुरकै दुई सडक र दुुई पुल अलपत्र छाडेको कम्पनी सन्तोषी थेगिम जेभीलाई प्रदेश सरकारले उनैलाई विश्वास गरेर दुई ठेक्का दिलाएर काम गर्ने निर्माण व्यवसायप्रिति घात गरेको छ । यस अघि सोही कम्पनीले बेलौरी कलुवापुर सडक खण्ड, वाणि–देखतभूली सडक खण्ड र बंक–पहरिया–दोमिल्ला सडकखण्ड अन्र्तरगतका दुई पुल र खार, ओदाल खोलामा पुल निर्माणम चरम ढिलासुस्ती मात्र नभई ओदाल खोलामा पुल निर्माणमा कार्बाही नै परेको थियो ।

सडक डिभिजन कार्यालयका सुचना अधिकारी लक्ष्मण दत्त जोशीले समयमै काम नगर्ने सन्तोषी थेगिम जेभी कम्पनीलाई कार्बाही गरिएको बताए । सुचना अधिकारी जोशीका अनुसार बंक–पहरिया–दोमिल्ला सडक खण्ड अन्र्तरगत कृष्णपुर नगरपालिका १ बंक ओदाल खोलामा पुल निर्माणका लागि १७ भदौँ ०७३ मा सम्झौता गरि १५ फागुन ०७४ मा सम्पन्न गरिसक्नुपर्ने भएपनि निर्माण कम्पनीले समयमै काम नगर्दा १० प्रतिशत हर्जना लिईएको बताए । कुल ५ करेड ७४ लाख लागतमा निर्माण गर्नुपर्ने सम्झौता गरिएको पुल निर्माणमा ढिलासुस्ती गर्दा कम्पनीलाई १० प्रतिशत हर्जना लगाएर बाँकी रकम भुक्तानी गरिएको सुचना अधिकारी जोशीले बताए । ‘कार्यालयबाट समयमै काम सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कार्बाही गरियो, ‘सुचना अधिकारी जोशीले भने, ‘९ औँ संशोधन ऐन र हालै लकडाउनका कारण एक बर्ष म्याद थप गरिएको छ ।’ कार्बाही गर्दा पुलको ४० प्रतिशत प्रगति भएको बताउदै सुचना अधिकारी जोशीले हाल ६० प्रतिशत काम भएको बताए । सोही निर्माण कम्पनीले जिल्लाकै गौरबको योजना (बेलौरी–कलुवापुर) सडक कालोपत्रेमा पनि घात गरेको छ । १७ भदौँ ०७३ मा सडक डिभिजन कार्यालयबाट ठेक्का पाएर १५ जेठ ०७५ मा झण्डै २७ किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का पाएको थियो । दुई खण्डमा ठेक्का पाएको कम्पनीले पहिलो खण्ड ८ करोड ३ लाख र दोस्रो खण्ड १० करोड १७ लाखमा ठेक्का पाएपनि सो सडक अलपत्र छाडेको छ । ठेक्का सम्झौता सकिएको दुई बर्ष वितिसक्दा पनि निर्माण कम्पनीले कामै गरेको छैन् । सडक सुधारका लागि स्थानीयले पटक पटक आन्दोलन गरेपनि निर्माण कम्पनीले आन्दोलनरत पक्षलाई भुलाउन काम गर्ने प्रतिबद्धता जाहेर गर्ने तर, नगर्ने प्रवृतिले बेलौरी कलुवापुर सडकखण्ड अलपत्र पर्दै आएको छ ।

अहिले पनि निर्माण कम्पनीले बैशाखा पुलदेखि दक्षिण सीमा क्षेत्रबाट काम शुरु गर्नुपर्ने भएपनि अधुरै ठाँउबाट काम गरिरहेको छ । ‘बैशाखा पुल क्षेत्रमा ५ सय मिटर क्षेत्रमा आरसीसी गरिरहेको छ, ‘बेलौरीका स्थानीय एव नेकपा नेता पल्लवराज भट्टले भने, ‘जहाँबाट सडक बनाउनुपर्ने हो, त्यहाँबाट शुरु गरेको छैन् ।’ आरसीसी पनि गुणस्तहिन गरिरहेको उनको आरोप छ । बेलौरी नगरका स्थानीय एव नेपाली काँग्रेस नेता हरेन्द्र विष्ट(होसियार)ले संघीय सरकारको लार्पबाहीका कारण ठेक्का भएको पाँच बर्ष वितिसक्दा पनि सडक कालोपत्रे हुन नसकेको बताए । ‘यो सडक पहिले संघीय सरकार मातहत थियो, ‘उनले भने, ‘०७४ मा प्रदेश सरकार गठन पछि सडक पनि प्रंदेश मातहत आयो, तर बजेट आएन्, ठेकेदारले काम गरेन् ।’ प्रदेश सरकारसंग बजेट नहुँदा काम गर्न भुक्तानी दिएन, पुन प्रदेशबाट संघमा गयो, संघबाट अन्तत फेरी प्रदेशमै आएको छ । बेलौरी–कलुवापुर सडकमा प्रदेश सरकारको नाटक, बन्दै नबनेको सडक मन्त्रीद्वारा रिबन काटेर उद्घाटन यस अघि ०७३ सालमा संघ सरकारबाट ठेक्का भएको सडक प्रदेश सरकारले उद्घाटन गरेर नाटकसम्म देखायो, तर ठेकेदारलाई काम गर्न लगाउन सकेन् । ०७४ मा संघबाट प्रदेश सरकारमा आएको उक्त सडक सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार तथा योजनामन्त्री पठान सिह बोहराले उद्घाटन गरेर जनतामा भ्रम छर्ने काम गरे ।

२१ मंसिर ०७६ मा प्रदेशका भौतिक मन्त्रीले उद्घाटन गरेर निर्माण कार्य शुरु गरिएको सडकमा पहिलो लेयर मात्रै बिछ्याउँदा छियाछिया भएको छ । तामझामका साथ अलपत्र परेको सडक कालोपत्रेका लागि रिर्वन कोटेर नाटक मञ्चन गरेका मन्त्रीले ठेकेदारलाई न काम लगाउन सके न ठेकेदारले सम्झौता अवधिमा काम गरेका छन् । मन्त्रीले अलवपत्र परेको सडक उद्घाटन गर्दै ठेकेदारलाई समयमै काम गर्न चेतावनीयुक्त निर्देशन दिएपनि सम्झौता सकिएको चार महिना वितिसक्दा पनि सडक अधुरै छ । उक्त सडक खण्ड अन्र्तरगत कलुवापुर जंगलदेखि दक्षिण ११.५ किलोमिटर कालोपत्रेका लागि बैशाख मसान्त ०७७ सम्म गरिसक्नुपर्ने सम्झौता प्रदेश सरकारसंग सम्झैता भएको थियो । तर, सम्झौता अनुसार काम नगरेको स्थानीय बताउँछन् । बन्साहका स्थानीय एव क्रान्तिकारी माओवादीका नेता राम महरा(चिन्तक)ले ११. ५ किलोमिटर सडक खण्ड कालोपत्रेका लागि मन्त्री, संसद सहितका जनप्रतिनिधीले जनतामा भ्रम छार्नका लागि रिर्बन काटेर बन्दै बनेको सडक उद्घाटन गरेर उदाङलो चरित्र देखाएको बताए । ‘सम्झौता अनुसार एक किलोमिटर पनि सडक कालोपत्रे भएको छैन, ‘उनले भने, ‘बरु कालोपत्रेका लागि पहिलो चरणकोा लेयर सबै भत्किसकेको छ ।’ कुनैपनि योजना शुरुवात गर्दा शिलान्याय गरिन्छ, तर प्रदेशका मन्त्रीले संचालन भएको योजना अधुरै हुँदा उद्घाटन गरेर नयाँ संस्कार बसालेको उनको बुझाई छ । उक्त सडक कालोपत्रेका लागि स्थानीय आन्दोलित भएका थिए, त्यही स्थानीयलाई झुक्याउनका लागि प्रदेश सरकार मतियार बनेको उनको आरोप छ । काम कम गर्ने तर बढि देखाउने गर्दा उक्त सडक सुधार नहुँदा जनता मारमा परेका छन् ।

सन्तोषी थेगिम जेभीले वाणि–देखतभूली सडकखण्ड कालोपत्रे निर्माणमा समेत चरम लार्पबाही गरेको थियो । कृष्णपुरका स्थानीय एव नेकपा नेता अर्जुन साउदले निर्माण कम्पनीले ठेक्का हत्याएर काम नगरेपछि ०७५ सालमा ठेकेदारलाई घेराबन्दी गरेर काम गर्न प्रहरीमा कागज गराएर सडक निर्माण गरिएको बताए । ‘ठेक्का लिएर काम अलपत्र छाडेको थियो, ‘उनले भने, ‘हामी गाँउले मिलेर ठेकेदार शुनिल थापालाई घेराबन्दी गरे, प्रहरीमा कागज बनाएर छाडे ।’ निर्माण गरेको ७ किलोमिटर सडक पनि भत्किन शुरु भएको बताउदै उनले नाला समेत निर्माण नगरिएको बताए । ‘ठेक्का लिएर विकास निर्माणमा बेथिति गर्ने ठेकेदारलाई प्रदेश सरकारले दया देखायो, ‘उनले भने, ‘काम नगर्ने ठेकेदार कार्बाही परेनन्, उल्टै उनीहरुलाई धमाधम ठेक्का दिलाईयो ।’ पुर्वाधार विकास कार्यालय कञ्चनपुरका सुचना अधिकारी भुपेन्द्र धामीले सन्तोषी थेगिम जेभीले प्रकृया अनुसारै दुई ठेक्का पाएको बताए । ‘सार्वजनिक खरिद ऐन नियमावली अनुसार उनले सबैभन्दा कम मुल्य पेश गरेको थियो, ‘सुचना अधिकारी धामीले भने, ‘त्यही अनुरुप सबै कागजात प्रकृया पुरा गरेको हुनाले ठेक्का पाएको हो ।’

प्राविधिक विषय पुरै पुरा गरेकै कारण उनको ठेक्का पारित भएको सुचना अधिकारी धामीको भनाई छ । ‘सडक डिभिजनबाट सडक र पुलका ठेक्का पाएर अलपत्र छाडेको विषय हामीले पनि सुनेका थियौँ, ‘उनले भने, ‘कागजी प्रकृया पुरा गरेकाले उनकै पक्षमा ठेक्का भयो ।’ काम पाएर पनि काम नगर्ने ठेकेदारलाई जानी जानी फेरी दुई दुई ठेक्का दिने कार्य भत्र्सनायोग्य र घुसपैठ भएको केही ठेकेदारको आरोप छ । कञ्चनपुरका केही निर्माण व्यवसायीले सेटिङ्ग मिलाएर ठेक्का हत्याएको छ । सन्तोषी थेगिम जेभीका संचालक शुनिल थापाले फोन नउठाएपनि कम्पनीका कार्यरत एक कर्मचारीले जिम्मा पाएका काम भईरहेको बताएका छन् ।

ताजा समाचार