बेलडाँडी,
जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालय बेलडाँडीद्धारा बरामद गरिएको ब्राउनसुगर नष्ट गरिएको छ ।
यसै १ गते बेलौरी नगरपालिका १० सडक घाट देखि दुई जना ब्राउनसुगर सहित रंगेहात बरामद गरिएको १० ग्राम ८ सय ३० मिलिग्राम ब्राउन सुगर रहेको र ३ ग्राम अदालत, परिक्षण,प्रहरी थप अनुसन्धान प्रमाणका लागि राखेर ७ ग्राम ८ सय ३० मिलिग्राम नष्ट गरिएको बेलडाँडी इलाका प्रहरी कार्यालय प्रमुख राजेन्द्र सिंहले जानकारी गराउनु भयो । उहाँका अनुसार पछिल्लो समयमा सबैको सहयोगले ब्राउनसुगर कारोवारमा संलग्नहरु समात्न सहिजो भएको बताए ।

ब्राउन सुगर सहित रंगेहात पक्राउ परेका जयराज राना(२९) धनगढी १३ र अनमोल शाह (२६) धनगढी ५ का रहेको जनाइएको छ ।
भुडा सडकघाट देखि धनगढी तर्फ अनमोल शाहले चलाएको मोटरसाइकलमा सवार रहेका जयराज रानाबाट प्रतिवन्धित ब्राउनसुगर फेला परेको जनाइएको छ ।
पछिल्लो समयमा प्रहरीको सक्रियतामा धमाधम ब्राउनसुगर सहित रंगेहात समातिन थालेको छ । कोरोना भाइरस कोभिड १९ का कारण खुल्लासिमा बन्द भएपछि प्रहरीलाई अनुसन्धान गर्न सजिलो भएकाले धमाधम ब्राउनसुगरको कारोबारी धमाधम पक्रिन थालेको प्रहरी अनुसन्धानले देखिएको छ ।