Friday, September 30, 2022
गृहपृष्ठराष्ट्रिय समाचारकुलमानलाई निरन्तरता दिन माग

कुलमानलाई निरन्तरता दिन माग

खडक बहादुर ओली

नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारीमा कुलमान घिसिङ्लाई नै पुनः नियुक्ती गर्नुपर्ने कञ्चनपुरका केही युवाले माग अघि सारेका छन् । ‘उज्यालो नेपालको शान कुलमान घिसिङ्लाई हाम्रो साथ’ भन्दै कुलमानले अध्यारो नेपाललाई उज्यालोतर्फ उन्मुख गराएको भन्दै उनैलाई नियुक्ती दिनुपर्ने माग अघि सारिएको हो । नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी भएपछि कुलमानले विद्युत चुहावट रोक्दै राजस्वमा समेत बृद्धि गरेर नेपालको विकासमा नेतृत्वदाई भूमिका निर्वाह गरेको भन्दै उनैलाई नियुक्त गनुपर्ने धारणा अघि सारेका छन् ।

विद्यार्थी युवा भुपेन्द्र पन्तले कुलमानले लोडसेटिङमुक्त गर्र्दै उज्यालो नेपाल बनाउन भूमिका निर्वाह गरेको भन्दै पुनःपनि कुलमानलाई नै निरन्तरता दिनुपर्ने बताए । उनले कुलमानलाई नियुक्त नगरे आन्दोलनको चेतावनी दिए । विद्युत प्राधिकरणका लागि असल नेतृत्व भएकाले कुलमानलाई नै फेरी नियुक्ती दिनुपर्ने उनले बताए । अर्का युवा चुडामणी शर्माले सरकारले भ्रष्टाचारलाई काखी च्यापेर राम्रो काम गर्ने कुलमान घिसिङ्ग जस्तालाई पाखा लगाउन लागेको बताए । काम गर्ने इमान्दार कर्मचारीलाई नै नियुक्त गर्नुपर्ने उनीहरुले सरकारलाई सुझाव दिएका छन् ।

ताजा समाचार