विकास सिह महता

केही दिन अघि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका २ नम्बर वडामा भारतबाट फर्किएका दुई जनाका कोरोना देखिएपछि वडाका अन्य १ सय ४० जनाको स्वाब संकलन गरिएको छ । वडाध्यक्ष शिवराज पनेरुले भारतबाट दुई वडाका स्थानीयमा कोरोना देखिएका उनीहरुको परिवार, छरछिमेकी, सम्पर्कमा आएका व्यक्तिको स्वाब संकलन गरेर परीक्षणका लागि सेती प्रादेशिक अस्पताल पठाएको बताए ।
‘भारतबाट स्वदेश घर आएका दुई जनाका कोरोन देखियो, ‘अध्यक्ष पनेरुले भने, ‘समुदायमा कोरोना फैलिन नदिन स्वाब संकलन गरिएको हो ।’ कोरोना रोकथाम तथा नियन्त्रणका लागि उक्त काम अघि बढाएको अध्यक्ष पनेरुले बताए ।
